नेभिगेशन
सबै कुरा

चितवनबाट रिहा भएपछि रवि लामिछानेले भने, ‘यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो’

चितवन । चितवन जिल्ला अदालतबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको परिवर्तन देशब्यापी हुने बताएका छन् । उनले चितवन पवित्र देवभूमी भएकोले यो क्षेत्रले देशको परिवर्तनको ढोका खोलेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले चितवनबासीले निर्वाचनबाटै परिवार्तको सुरुवात गरेको बताए । रिहा भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘चितवन देवभूमि हो, यो देवता बस्ने ठाउँ हो र देवताजस्ता मानिस बस्ने ठाउँ हो । त्यसकारण यसले मलाई होइन देशलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा म विश्वस्त छु । अहिले कुम्भ मेला चलेको छ, हाम्रो यही देवघाटमा एकपटक स्ना गर्ने हो भनेको कुम्भ मेलामा सय पटक स्नान गर्नु बराबर हो भनेर कयौँ मानिसले भनेका छन् । यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको हो अघिल्लो निर्वाचनमा नै । यो ठाउँले व्यक्ति चुनेको होइन, देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । सुरुवात चितवनले गर्यो, यो देशब्यापी हुन्छ । परिवर्तन जन्मदै छ । त्यसकारण आमाहरुलाई थाहा छ प्रशव पीडा भनेको के हो । परिवर्तन जन्मने बेलाको पीडा हो त्यसकारण हामीले रुनुपरेको हो । परिवर्तन जन्मिएरै छोड्छ ।’

लामिछानेलाई जिल्ला अदालत चितवनले रिहाईका लागि ५४ लाख रुपैयाँ धरौटी तोकेको थियो । उनी सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।