नेभिगेशन
सबै कुरा

चितवनबाट रिहा भएपछि रवि लामिछानेले भने, ‘यो प्रसव पीडाजस्तै परिवर्तनको पीडा हो’

चितवन । चितवन जिल्ला अदालतबाट रिहा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवनबाट सुरु भएको परिवर्तन देशब्यापी हुने बताएका छन् । उनले चितवन पवित्र देवभूमी भएकोले यो क्षेत्रले देशको परिवर्तनको ढोका खोलेको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

उनले चितवनबासीले निर्वाचनबाटै परिवार्तको सुरुवात गरेको बताए । रिहा भएपछि समर्थकहरुलाई सम्बोधन गर्दै भने, ‘चितवन देवभूमि हो, यो देवता बस्ने ठाउँ हो र देवताजस्ता मानिस बस्ने ठाउँ हो । त्यसकारण यसले मलाई होइन देशलाई होइन देशलाई न्याय गर्छ भन्ने कुरामा म विश्वस्त छु । अहिले कुम्भ मेला चलेको छ, हाम्रो यही देवघाटमा एकपटक स्ना गर्ने हो भनेको कुम्भ मेलामा सय पटक स्नान गर्नु बराबर हो भनेर कयौँ मानिसले भनेका छन् । यो ठाउँले परिवर्तनका लागि उद्घोष गरिसकेको हो अघिल्लो निर्वाचनमा नै । यो ठाउँले व्यक्ति चुनेको होइन, देशमा परिवर्तन चाहियो भनेर चितवनले सुरुवात गरेको हो । सुरुवात चितवनले गर्यो, यो देशब्यापी हुन्छ । परिवर्तन जन्मदै छ । त्यसकारण आमाहरुलाई थाहा छ प्रशव पीडा भनेको के हो । परिवर्तन जन्मने बेलाको पीडा हो त्यसकारण हामीले रुनुपरेको हो । परिवर्तन जन्मिएरै छोड्छ ।’

लामिछानेलाई जिल्ला अदालत चितवनले रिहाईका लागि ५४ लाख रुपैयाँ धरौटी तोकेको थियो । उनी सोही बराबरको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।