नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले नसाँधाेस : डिपि अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले संसदले सभापति रवि लामिछानेप्रति अन्याय गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति अर्यालले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले साँधेको प्रतिशोधलाई संसदले समर्थन जनाउँदै सांसद पद निलम्बन गरेको बताउँदै सो नगर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै अर्यालले प्रतिनिभिसभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग गरेर  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो । सार्वभौम संसदले पनि रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न  माग गरेका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन्, ‘सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ। एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदको प्रतिशोधको मूल्य सरकारले पक्कैपनि चुकाउनुपर्ने छ । झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्, सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस् । प्रतिनिभिसभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहान्छु र थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न म सम्माननीय सभामुखसमक्ष माग गर्दछु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।