नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो, सार्वभौम संसदले नसाँधाेस : डिपि अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवहाक सभापति डोलप्रसाद अर्यालले संसदले सभापति रवि लामिछानेप्रति अन्याय गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उपसभापति अर्यालले पार्टी सभापति रवि लामिछानेविरुद्ध सरकारले साँधेको प्रतिशोधलाई संसदले समर्थन जनाउँदै सांसद पद निलम्बन गरेको बताउँदै सो नगर्न आग्रह गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै अर्यालले प्रतिनिभिसभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग गरेर  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि सरकारले त प्रतिशोध साँध्यो साँध्यो । सार्वभौम संसदले पनि रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न  माग गरेका छन् । 

Ncell
Extreme Energy

उनले भनेका छन्, ‘सरकारको रवैयालाई समर्थन जनाएको हो कि भन्ने महसुस भएको छ। एउटा व्यक्ति जो चौथो ठूलो दलको सभापतिमाथि यो हदको प्रतिशोधको मूल्य सरकारले पक्कैपनि चुकाउनुपर्ने छ । झुटा मुद्दा लगाएर फसाउने सरकारको कुनियत जनताले बुझिसकेका छन्, सरकारको यस्तो रवैयालाई सार्वभौम संसदले समर्थन नगरोस् । प्रतिनिभिसभाको नियमावली २०७९ को नियम २४८ को उपनियम ३ को सही प्रयोग होस् भन्ने चाहान्छु र थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने व्यवस्थालाई कार्यान्वयन गर्दै रवि लामिछानेको सांसद पद निलम्बन तत्काल फुकुवा गर्न म सम्माननीय सभामुखसमक्ष माग गर्दछु ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।