नेभिगेशन
सबै कुरा

दीपेन्द्रसिंह ऐरीकी बहिनी राजमतीको राष्ट्रिय टीममा डेब्यू,थाइल्याण्डविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डविरुद्ध ब्याटिङ गरिरहेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन् । नेपाल यसअघि खेलेका पााचवटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।

Ncell
Extreme Energy

थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी छन् । राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन् । उनी नेपालका प्रख्यात क्रिकेटर दीपेन्द्रसिंह ऐरीकी बहिनी हुन् । आजको खेलमा उनी प्लेइङ ११ मा अटाएकी हुन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...