नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभा बैठकः कवाडी व्यवसायीदेखि ग्यास विस्फोटसम्मको चर्चा

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक  समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरीन् ।

Ncell
Extreme Energy

सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए ।

सांसद मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताए ।

सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाए । कानुन बमोजिम दर्ता भएका व्यवसायीको जीउधनको सुरक्षाको समेत उनले माग गरे । 

सांसद छविलाल विश्वकर्मा र प्रभु साहले भारतमा चलिरहेको महाकुम्भ मेलामा भागदौडमा परि केही नेपाली नागरिकले ज्यान गुमाएका तथा हराइरहेको विषयमा सरकारले सोधखोज गर्नुपर्ने बताए । 

सांसद अम्मरबहादुर रायमाझीले यही माघ २४ गते कमलपोखरीस्थित सानदार मःमः हाउसमा आगलागी हुँदा ११ कामदार घाइते भएको उल्लेख गर्दै उक्त घटनाको अनुसन्धान र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे ।

सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको बताए  । बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण हुन नसकेको विषय उनले संसद्मा उठाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल,  ७ वटा संशोधनको सूचना

प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि छलफल, ७ वटा संशोधनको सूचना

छलफलमा संशोधनकर्ता नेपाली कांग्रेसका गङ्गालक्ष्मी अवालले विदेशमा अध्ययन गर्न जाने विद्यार्थीसँग लिइने शुल्क तीन प्रतिशत राखिएमा त्यसलाई सकभर शून्य वा न्यून गर्नुपर्ने बताइन् ।
प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ ।
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

उपप्रमुख रानाले शनिबार नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी...

भर्खरै