नेभिगेशन
सबै कुरा

प्रहरीलाई प्रधानमन्त्रीको निर्देशनः तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाबमा  नपरी प्रमाण र तथ्यमा आधारित भएर  न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु  पेभिलियन’को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् । 

Ncell
Extreme Energy

“तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्”, प्रधानमन्त्री ओलीले भने, “कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।”

प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । 

विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन भने भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे । 

सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु ७४ लाखको चेक हस्तान्तरण गरे । 

गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री गुरुङले रास्वपा केन्द्रीय कार्यालयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने, जोसुकैले प्रश्न गर्न पाउने

गृहमन्त्री सुधन गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन् ।
पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

पार्टी पुनर्गठनबारे रामकुमारी र उषाकिरणको चल्यो सवालजवाफ

ओली आफ्नो पुरानो समूहलाई मनाउने कोसिसमा छन् । एमालेका कार्यकर्ता पुनर्गठनबारे विचार–विमर्श गरिरहेका छन् ।
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।