नेभिगेशन
सबै कुरा

सरकार र ‘नो केबलकार समूह’ बीचकाे वार्ता भाँडियो

काठमाडौँ । सरकारले हेपेको भन्दै नो केबलकार समूहले सरकारी वार्ता टोलीसँग वार्तामा बस्न अस्वीकार गरेको छ। आजका लागि तय भएको विस्तृत वार्तामा सरकारले समस्या समाधान गर्न सक्ने मन्त्रिस्तरीय टोली पठाउने भनेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, ललितपुरको एक होटलमा तय भएको वार्ता समयमा गृह मन्त्रालयका सहसचिव प्रेम कुमार भट्टराई नै वार्ता टोलीको संयोजक बनेर आएपछि वार्तामा बस्न नसकिएको नो केबलकार समूहको वार्ता सहजिकरण समिति सदस्य सरू (सरस्वति सिङ्गक) लिम्बुले बताइन् । 

Ncell
Extreme Energy

सरकारले मन्त्रिनै सहभागी हुने उच्चस्तरीय टोली पठाउने भनेको थियो । तर, पुनः अस्ति कै सहसचिव प्रेम कुमार भट्टराईजीको टोली नै वार्ता गर्न आउनु भयो,’ लिम्बुले सिधाकुरासँग भनिन्, ‘हामी वार्तामा बसेनौँ । सरकारले हेपाहाको व्यवहार ग¥यो । हामी उठेका छौँ ।’

लिम्बुकाअनुसार बार्ता बस्न आफूहरुले अस्वीकार गरेपछि सरकारी टोली पुनः मन्त्री ल्याउन पहल गर्न भन्दै फर्केका छन् । सरकारले समस्या समाधान गर्न सक्ने मन्त्रिस्तरीय टोली पठाए आजै वार्ताका लागि आफूहरू एक डेढ घण्टा कुर्ने लिम्बुको भनाई छ ।

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै स्थानीहरू आन्दोलित छन् । स्थानीयको अवरोधका बावजुत सरकारले व्यवसायी चन्द्र ढकालको कम्पनीलाई केबलकार बनाउन दिए पछि कोशी प्रदेश अशान्त छ । केबलकार बनाउन नहुने भन्दै भएको विरोधमा प्रहरीको गोली प्रहार गरेर ३ जना स्थानीयलाई घाइते बनाएपछि विवादले राष्ट्रिय रूप लिएको थियो ।

१० दिन लामो कोशी प्रदेश बन्द र हड्ताल पछि २२ माघमा सरकार र आन्दोलित स्थानीय बीच वार्ता बस्न समझदारी भएको थियो । विस्तृत वार्ता गर्नेसहित आन्दोलन स्थगन र केबलकार निर्माण रोक्न ६ बुँदे समझदारी भएपछि आज बस्ने भनिएको वार्ता पनि सरकारका कारण अनिश्चित बनेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।