नेभिगेशन
सबै कुरा

सरकार र ‘नो केबलकार समूह’ बीचकाे वार्ता भाँडियो

काठमाडौँ । सरकारले हेपेको भन्दै नो केबलकार समूहले सरकारी वार्ता टोलीसँग वार्तामा बस्न अस्वीकार गरेको छ। आजका लागि तय भएको विस्तृत वार्तामा सरकारले समस्या समाधान गर्न सक्ने मन्त्रिस्तरीय टोली पठाउने भनेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तर, ललितपुरको एक होटलमा तय भएको वार्ता समयमा गृह मन्त्रालयका सहसचिव प्रेम कुमार भट्टराई नै वार्ता टोलीको संयोजक बनेर आएपछि वार्तामा बस्न नसकिएको नो केबलकार समूहको वार्ता सहजिकरण समिति सदस्य सरू (सरस्वति सिङ्गक) लिम्बुले बताइन् । 

Ncell
Extreme Energy

सरकारले मन्त्रिनै सहभागी हुने उच्चस्तरीय टोली पठाउने भनेको थियो । तर, पुनः अस्ति कै सहसचिव प्रेम कुमार भट्टराईजीको टोली नै वार्ता गर्न आउनु भयो,’ लिम्बुले सिधाकुरासँग भनिन्, ‘हामी वार्तामा बसेनौँ । सरकारले हेपाहाको व्यवहार ग¥यो । हामी उठेका छौँ ।’

लिम्बुकाअनुसार बार्ता बस्न आफूहरुले अस्वीकार गरेपछि सरकारी टोली पुनः मन्त्री ल्याउन पहल गर्न भन्दै फर्केका छन् । सरकारले समस्या समाधान गर्न सक्ने मन्त्रिस्तरीय टोली पठाए आजै वार्ताका लागि आफूहरू एक डेढ घण्टा कुर्ने लिम्बुको भनाई छ ।

पाथीभरा मन्दिर क्षेत्रमा केबलकार बनाउन नहुने भन्दै स्थानीहरू आन्दोलित छन् । स्थानीयको अवरोधका बावजुत सरकारले व्यवसायी चन्द्र ढकालको कम्पनीलाई केबलकार बनाउन दिए पछि कोशी प्रदेश अशान्त छ । केबलकार बनाउन नहुने भन्दै भएको विरोधमा प्रहरीको गोली प्रहार गरेर ३ जना स्थानीयलाई घाइते बनाएपछि विवादले राष्ट्रिय रूप लिएको थियो ।

१० दिन लामो कोशी प्रदेश बन्द र हड्ताल पछि २२ माघमा सरकार र आन्दोलित स्थानीय बीच वार्ता बस्न समझदारी भएको थियो । विस्तृत वार्ता गर्नेसहित आन्दोलन स्थगन र केबलकार निर्माण रोक्न ६ बुँदे समझदारी भएपछि आज बस्ने भनिएको वार्ता पनि सरकारका कारण अनिश्चित बनेको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट सात हजार ३३० मेट्रिकटन स्याउ निर्यात

जुम्लाबाट हालसम्म सात हजार ३३० मेट्रिकटन स्याउ बाहिरी जिल्लामा निर्यात भएको छ।
दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

दसैँको संस्कृतिबाट साधनाको पक्ष बिलाउन लागेको छ : संस्कृतिविद् डा. गोविन्द टण्डन

संस्कृति भनेको जसले आफूलाई कुनै काम गर्दा आनन्द आउँछ, परिवारलाई आनन्द आउँछ, त्यस्तै राष्ट्रलाई पनि आनन्द हुन्छ र त्यसले मानवमात्रका लागि आनन्द दिन्छ भने त्यो संस्कृति हो। कसैलाई...
यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनमा हुथी विद्रोहीको आक्रमणमा २० सैनिकको मृत्यु

यमनको दक्षिणी प्रान्त शबवामा हुथी विद्रोहीले सरकारी सेनाको सैन्य शिविरमा गरेको क्षेप्यास्त्र आक्रमणमा कम्तीमा २० सैनिकको मृत्यु भएको छ। आक्रमणमा दुई दर्जनभन्दा बढी सैनिक घाइते भएका छन्।
एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

एनपीएललाई आईसीसीको मान्यता ऐतिहासिक उपलब्धि : कर्णाली याक्सका अध्यक्ष

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल प्रिमियर लिग (एनपीएल)लाई औपचारिक मान्यता दिएको निर्णयलाई कर्णाली याक्सले स्वागत गरेको छ। क्लबले यसलाई नेपाली क्रिकेटको विकासका लागि ऐतिहासिक उपलब्धि भनेको छ।