नेभिगेशन
सबै कुरा

कांग्रेसबाट निर्वाचित नागार्जुनका मेयर बस्नेतविरुद्ध साढे ८ करोड भ्रष्टाचार गरेको आरोममा मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध करिब ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Ncell
Extreme Energy

अख्तियारका अनुसार नगरप्रमुख बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ र २५ पैसा आय आर्जन गरेकोमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिँदा निजको जाँच अवधिको कूलरसमग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक देखिएको छ ।

यस्तै अख्तियारले अनुसन्धानका क्रममा बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको दाबी गरेको छ । 

निज बस्नेत उपर सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन माग दाबी गरिएको छ।

साथै, लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन तथा जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

सात संसदीय समितिको बैठक बस्दै, गृहको उजुरीदेखि कोपसम्म एजेण्डा

विभिन्न सात वटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

राष्ट्रियसभाको बैठक बस्दै, एजेण्डामा छन् तीन विधेयक

संघीय संसद्, राष्ट्रियसभाको बैठक बस्दैछ ।