नेभिगेशन
सबै कुरा

कांग्रेसबाट निर्वाचित नागार्जुनका मेयर बस्नेतविरुद्ध साढे ८ करोड भ्रष्टाचार गरेको आरोममा मुद्दा दर्ता

काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपलिकाका नगर प्रमुख मोहन बहादुर बस्नेतविरुद्ध करिब ९ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर भएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बस्नेतले ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसाको स्रोत पुष्टि गर्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

Ncell
Extreme Energy

अख्तियारका अनुसार नगरप्रमुख बस्नेत र निजका एकाघर परिवारका सदस्यहरुले जाँच अवधिमा कूल १९ करोड ९५ लाख ७४ हजार ८६२ रुपैयाँ र २५ पैसा आय आर्जन गरेकोमा २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ ९४ पैसा खर्च तथा लगानी गरेको देखिँदा निजको जाँच अवधिको कूलरसमग्र आयबाट सोही अवधिको कूल खर्च तथा लगानी (कूल व्यय) घटाउँदा कूल आय भन्दा कूल ब्यय अधिक देखिएको छ ।

यस्तै अख्तियारले अनुसन्धानका क्रममा बस्नेतले सार्वजनिक पदको दुरुपयोग गरी ८ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ ६९ पैसा बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको पुष्टि भएको दाबी गरेको छ । 

निज बस्नेत उपर सो रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम कैद र बिगो बमोजिम जरिवानाको सजाय हुन माग दाबी गरिएको छ।

साथै, लुकाई छिपाई राखिएको सम्पत्ति जफत हुन तथा जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती उर्मिला बस्नेतलाई प्रतिवादी कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो। 

उनी नेपाली कांग्रेसबाट निर्वाचित मेयर हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।