नेभिगेशन
सबै कुरा

बालेनलाई अमरेशको चुनौति, ‘सक्छौ भने सिंहदरवार र सर्वोच्च अदालत भत्काउ’

काठमाडौँ । प्रतिनिधिसभा सदस्य डा. अमरेश कुमार सिंहले काठमाडौँका मेयर बालेन्द्र शाह(बालेन) लाई सर्वोच्च अदालत र सिंहदरवार भत्काएर देखाउन आदेश दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सिंहले बालेनप्रति आक्रोस पोखेका हुन् । उनी काठमाडौँ महानगरले  कवाड व्यसायमाथि डोजर चलाएको विषयमा आक्रोसित बनेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संसदमा बोल्दै उनले भने, ‘हिटलरको शैलीमा हिजो २७ गते कवाडीमाथि डोजर चलाइयो र त्यहाँ जो गरिब मजदुरहरु थिए उनीहरुलाई घाइते बनाइयो । त्यो मजदुरमा मुस्लिम पनि छ, दलित पनि छ, मधेशी पनि छ, सबै गरिब छ । घाइते भएकाहरु केही शासक छैनन् । म बालेनलाई च्यालेन्ज गर्छु । हिम्मत छ भने संसद भवन भत्काएर देखाउ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाउ, हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाउ । हिम्मत छ भने बालुवाटार, शितल निवास भत्काएर देखाउ । जर्मनीको नाजीवादको शैली काठमाडौँमा चल्दैन ।’

Ncell
Extreme Energy

उनले यो देश बहुभाषिक, बहुधार्मिक भएको र हरेक तप्काका नेपालीलाई एक ठाउँबाट अर्को ठाउँमा जाने, बस्ने र बोल्ने अधिकार संविधानले दिएको बताए । तर अहिले यो अधिकार मिचिएको उनको भनाई छ । 

आइतबार टेकुस्थित कबाड गोदाममा काठमाडौँ महानगरले डोजर चलाएको छ । डोजर चलाउँदा गोदाम सञ्चालक तथा कार्यरत मजदुरहरु प्रतिकारमा उत्रिएपछि महानगरप्रहरीसँग झडप भएको थियो । झडपमा परि तीन मजदुर घाइते भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ

उनलाई वैयक्तिक गोपनियता सम्बन्धी कसुरमा पक्राउ गरिएको एक प्रहरी अधिकारीले बताए ।
जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

जनताले दिए दुईतिहाइ, सांसदले दिए खाली कुर्सी

देशको यत्रा समस्या सदनमा छलफल होला, सांसदले कुरा उठाउलान्, नागरिक र सरकारबीच पुल बन्लान् ? जनताको गथासो सिधै सरकारकहाँ पुर्‍याउलान्, समाधान गर्न अग्रसरता लेलान् भन्ठान्यो, निराशामात्रै हात लाग्छ...
बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

बचत फिर्तालाई प्राथमिकता दिँदै प्राधिकरण, १० सहकारीका थप १९७ पीडितले फिर्ता पाए रकम

प्राधिकरणको विवरणअनुसार ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्थाका मात्रै १७४ जना बचतकर्ताले रकम फिर्ता पाएका हुन् । बाँकी ९ वटा सहकारी संस्थाका २३ जना बचतकर्तालाई विभिन्न परिमाणमा...
सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको छः  परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जेनजी आन्दोलनपछि बनेको सरकारले युवाको विश्वासलाई आत्मसात् गर्दै काम गरिरहेको बताएका छन् ।