नेभिगेशन
सबै कुरा

प्रतिनिधिसभाद्वारा सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ सर्वसम्मत पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मत पारित भएको छ । सभाको आजको बैठकमा उक्त विधेयक सर्वसम्मत पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभामुख घिमिरेको अनुमतिमा उक्त विधेयक पारित गर्न प्रस्ताव पेस गरेका थिए । उनले यस विधेयक कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सदनलाई जानकारी दिए ।

City Express

सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ का सम्बन्धमा अर्थ समितिको प्रतिवेदन १ र २ मा उल्लेखित संशोधनहरू सर्वसम्मत स्वीकृत भएको हो । 

सभामुख घिमिरेले अर्थ समितिको प्रतिवदेनमा क्रम सङ्ख्या १ र २ मा उल्लेखित संशोधन विधेयकको अङ्ग बनेको घोषणा गर्दै विधेयकको २ देखि ४५ सम्म सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८१ को अङ्ग बनेको जानकारी गराए । 

उपप्रधान एवं अर्थमन्त्री पौडेलले भने, “प्रस्तावित विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने र यसले चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको छ ।” 

सभाको अर्को बैठक मङ्गलबार दिउँसो १ बजेका लागि तय भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

नयाँ पुस्ताको सोच र चाहनाअनुरूप अघि बढनुपर्छः मुख्यमन्त्री आचार्य

उनले सेवा प्रवाहमा हुने ढिलासुस्ती र फाइल रोकिराख्ने प्रवृत्तिको जरैदेखि अन्त्य गर्नु आजको आवश्यकता भएको बताए ।  मुख्यमन्त्री आचार्यले भने, “संविधानले सामाजिक न्याय, समावेशिता, समानता, सहिष्णुता र सद्भावलाई...
देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

देउवाको टाउको र गर्धनमा चोट, अझै केहीदिन सेनाकै ब्यारेकमा रहने

नेपाली सेनाले उद्धार गरी देउवा दम्पतीलाई शिवपुरी लगेर उपचारको व्यवस्था गरेको थियो। सभापति देउवा दम्पतीको स्वास्थ्य अवस्थाको बारेमा शुक्रबार बसेको नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन...
संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

संविधानलाई समयानुकूल परिमार्जन गर्दै लैजानु पर्नेमा मुख्यमन्त्री कार्कीको जोड

संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार विराटनगरमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्र्कीले हालैको जेन्जी आन्दोलनको भावना र चाहना अनुसार संविधान संशोधनमार्फत देखिएका समस्याको समाधान खोज्न सकिने...
जेनजीको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण हो, सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छः कुलमान घिसिङ

जेनजीको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण हो, सकिएन भने ठूलो निराशा उत्पन्न हुन्छः कुलमान घिसिङ

“विगतमा कसिमन खाएर बजेट नै बेच्यो भन्ने आरोप सुन्ने गरिएको छ, जेनजी आन्दोलनको मुख्य एजेन्डा नै भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्टाचार नियन्त्रण गर्न सकिएन भने ठूलो निराशा उत्पन्न...