नेभिगेशन
सबै कुरा

कटारी नगरपालिकाको चौधौं नगरसभा सम्पन्न

कटारी । कटारी नगरपालिकाको चौधौं नगर सभा आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरसभामा नगर उपप्रमुख गीता खड्काले तेह्रौं नगर सभाबाट स्वीकृत आम्दानी र खर्चको अनुमानका आधारमा पौष मसान्तसम्मको  आम्दानी-खर्चको समीक्षासहितको प्रतिवेदन पेश गरिएको थियो। 

सभामा संघ र प्रदेश सरकारको निर्देशनअनुसार हालसम्मका यथार्थ तथ्यांकलाई समेटी संशोधन गरिएका चालु खर्चसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो। उक्त प्रतिवेदनमा नगरपालिकाले हासिल गरेका उपलब्धिहरू पनि समेटिएको थियो।

City Express

५० करोडभन्दा बढी खर्च, विकासमा प्राथमिकता

प्रतिवेदनअनुसार कटारी नगरपालिकाले हालसम्म ५० करोड ९२ लाख ७२ हजार ८३५ रुपैयाँ खर्च गरिसकेको छ।  आजको सभामा ७३ वटा योजना समेत संशोधन गरिएको छ।  नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले निर्णयार्थ पेश गरिएका प्रस्ताव सर्वसम्मत पारित भएकोमा धन्यवाद व्यक्त गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रभाव देखिन थालेको उल्लेख गर्दै नगरलाई सुशासनयुक्त बनाउने आफ्नो लक्ष्य रहेको मेयर श्रेष्ठले बताए । हामी निर्वाचित हुनु भन्दा अगाडीको कटारी अस्पताल र  अहिलेको कटारी अस्पताल हेरे हुन्छ मेयर श्रेष्ठले भने । त्रिवेणी माविमा निःशुल्क विज्ञान संकाय सुरु भएको छ, अधिकांस वडा कार्यालय र स्वस्थ चौकी निर्माण भएकोमा केही सुधारको संकेत देखिन थालेको मेयर श्रेष्ठले बताए।

नगरपालिकाको प्राथमिकता: सुशासन र समृद्धि

नगर प्रमुख श्रेष्ठले नगरवासीको करको रकम उचित ठाउँमा लगानी गरिएको बताउँदै बेरुजु घटाइएको र इन्धन खर्च कटौती गरिएको दाबी गरे । साथै, भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिइएको बताउँदै समृद्ध कटारी निर्माणका लागि सबैलाई सकारात्मक सोचका साथ काम गर्नु पर्नेमा जोड दिए ।

मेयरले दलगत ह्विपभन्दा पनि स्वविवेकको प्रयोग गरी नगरको समृद्धिका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

समिक्षा र सुधारको आवश्यकतामा जोड

नगर उपप्रमुख गीता खड्काले नगरपालिकाले निर्वाचित भएदेखि अहिलेसम्म गरेका कार्यहरूको मूल्यांकन गर्दै समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताइन्। नगरको समग्र विकासका लागि भएका कमी-कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उप प्रमुख खड्काको भनाई थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

शुक्रबार कैलालीको धनगढीमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरेका थिए । ‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले...
आठ हजार ८१६ कैदीबन्दी अझै फरार

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना...
बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

लगातारको वर्षाका कारण दाउन्नेको पैँसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताएका छन् । लगातारको वर्षाले गत...
जेनजी आन्दोलनका घटनाको छानविन गर्न कांग्रेसले खोज्यो उच्चस्तरीय न्यायीक आयोग

जेनजी आन्दोलनका घटनाको छानविन गर्न कांग्रेसले खोज्यो उच्चस्तरीय न्यायीक आयोग

संविधानको संरक्षण र अहिलको शासन व्यवस्थाको संस्थागत स्थायीत्वमार्फत मुलुकमा बिकसित बर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि अहिलेको संविधानभित्रैबाट खोज्न सकिने पार्टीको दृढ विश्वास रहेको प्रचार विभाग प्रमुख मीन...