नेभिगेशन
सबै कुरा

कटारी नगरपालिकाको चौधौं नगरसभा सम्पन्न

कटारी । कटारी नगरपालिकाको चौधौं नगर सभा आज नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ। नगरसभामा नगर उपप्रमुख गीता खड्काले तेह्रौं नगर सभाबाट स्वीकृत आम्दानी र खर्चको अनुमानका आधारमा पौष मसान्तसम्मको  आम्दानी-खर्चको समीक्षासहितको प्रतिवेदन पेश गरिएको थियो। 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभामा संघ र प्रदेश सरकारको निर्देशनअनुसार हालसम्मका यथार्थ तथ्यांकलाई समेटी संशोधन गरिएका चालु खर्चसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित गरिएको थियो। उक्त प्रतिवेदनमा नगरपालिकाले हासिल गरेका उपलब्धिहरू पनि समेटिएको थियो।

Ncell
Extreme Energy

५० करोडभन्दा बढी खर्च, विकासमा प्राथमिकता

प्रतिवेदनअनुसार कटारी नगरपालिकाले हालसम्म ५० करोड ९२ लाख ७२ हजार ८३५ रुपैयाँ खर्च गरिसकेको छ।  आजको सभामा ७३ वटा योजना समेत संशोधन गरिएको छ।  नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले निर्णयार्थ पेश गरिएका प्रस्ताव सर्वसम्मत पारित भएकोमा धन्यवाद व्यक्त गरे ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिएको लगानीको प्रभाव देखिन थालेको उल्लेख गर्दै नगरलाई सुशासनयुक्त बनाउने आफ्नो लक्ष्य रहेको मेयर श्रेष्ठले बताए । हामी निर्वाचित हुनु भन्दा अगाडीको कटारी अस्पताल र  अहिलेको कटारी अस्पताल हेरे हुन्छ मेयर श्रेष्ठले भने । त्रिवेणी माविमा निःशुल्क विज्ञान संकाय सुरु भएको छ, अधिकांस वडा कार्यालय र स्वस्थ चौकी निर्माण भएकोमा केही सुधारको संकेत देखिन थालेको मेयर श्रेष्ठले बताए।

नगरपालिकाको प्राथमिकता: सुशासन र समृद्धि

नगर प्रमुख श्रेष्ठले नगरवासीको करको रकम उचित ठाउँमा लगानी गरिएको बताउँदै बेरुजु घटाइएको र इन्धन खर्च कटौती गरिएको दाबी गरे । साथै, भौतिक विकाससँगै सामाजिक विकासलाई पनि प्राथमिकता दिइएको बताउँदै समृद्ध कटारी निर्माणका लागि सबैलाई सकारात्मक सोचका साथ काम गर्नु पर्नेमा जोड दिए ।

मेयरले दलगत ह्विपभन्दा पनि स्वविवेकको प्रयोग गरी नगरको समृद्धिका लागि काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

समिक्षा र सुधारको आवश्यकतामा जोड

नगर उपप्रमुख गीता खड्काले नगरपालिकाले निर्वाचित भएदेखि अहिलेसम्म गरेका कार्यहरूको मूल्यांकन गर्दै समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताइन्। नगरको समग्र विकासका लागि भएका कमी-कमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता रहेको उप प्रमुख खड्काको भनाई थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।