नेभिगेशन
सबै कुरा

आफ्नै कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने हो ? : शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफ्नै कमाण्डमा रहेको प्रहरीलाई गृहमन्त्रीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले डिउटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका अनेरास्ववियुका नेतालाई सरकारकै संरक्षण रहेको र अनुसन्धानसमेत गर्ने आँट नगरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘छातिमा हात राखेर नेताहरुले आज भन्नुपर्छ, २ तिहाईको तपाईँहरुको बहुमत छ । गृहमन्त्रीले आफैँले कमाण्ड गरेको प्रहरीको सुरक्षा दिन सकिँदैन भने नेपाली युवा कसको अनुहार हेरेर बसिदिनुपर्ने ? तपाईँहरुलाई भोट हाल्न मात्रै यो देशमा बसिदिनुपर्ने हो त ?’, सांसद खनालले प्रश्न गरे, ‘आफ्नो कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नो कुर्सिमा बस्ने हो ?’

Ncell
Extreme Energy

त्यस्तै उनले गुण्डागर्ति गर्ने विद्यार्थी संगठनका कारण विद्यार्थीहरु क्याम्पसमा जान नसक्ने अवस्था आएको भन्दै विद्यार्थीको गुनासोलाई संसदमा राखेका छन् । ‘डिउटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत समेत गरेनछ ।’, विद्यार्थीको भनाई उद्दत गर्दै उनले भने, ‘त्यही क्षेत्रका प्रतिनिधित्व गर्ने सांसद भएर पनि होला मलाई त्यस क्याम्पसमा पढ्ने धेरै विद्यार्थीले म्यासेज गनुभएको छ, ‘क्याम्पसमा कक्षाकोठामा सँधै उहाँहरुको दादागिरी चल्थ्यो तर अब त पुलिसले समेत आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारेमा बोल्दिनुहोस् न । भनेर म्यासेज गर्नुभएको छ ।’

विद्यार्थी संगठनका नाममा अराजकता मच्याउनेलाई संरक्षण गर्ने तर आशिका तामाङहरुलाई भने १५ दिनसम्म हतकडी लगाएर डुलाउने सरकारको हर्कतले युवालाई विदेशतर्फ धकेलिरहेको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।