नेभिगेशन
सबै कुरा

आफ्नै कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने हो ? : शिशिर खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले आफ्नै कमाण्डमा रहेको प्रहरीलाई गृहमन्त्रीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खनालले डिउटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका अनेरास्ववियुका नेतालाई सरकारकै संरक्षण रहेको र अनुसन्धानसमेत गर्ने आँट नगरेको आरोप लगाएका हुन् । 

‘छातिमा हात राखेर नेताहरुले आज भन्नुपर्छ, २ तिहाईको तपाईँहरुको बहुमत छ । गृहमन्त्रीले आफैँले कमाण्ड गरेको प्रहरीको सुरक्षा दिन सकिँदैन भने नेपाली युवा कसको अनुहार हेरेर बसिदिनुपर्ने ? तपाईँहरुलाई भोट हाल्न मात्रै यो देशमा बसिदिनुपर्ने हो त ?’, सांसद खनालले प्रश्न गरे, ‘आफ्नो कमाण्डमा रहेको प्रहरीलाई सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले आफ्नो कुर्सिमा बस्ने हो ?’

त्यस्तै उनले गुण्डागर्ति गर्ने विद्यार्थी संगठनका कारण विद्यार्थीहरु क्याम्पसमा जान नसक्ने अवस्था आएको भन्दै विद्यार्थीको गुनासोलाई संसदमा राखेका छन् । ‘डिउटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पस पढ्ने अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान गर्ने हिम्मत समेत गरेनछ ।’, विद्यार्थीको भनाई उद्दत गर्दै उनले भने, ‘त्यही क्षेत्रका प्रतिनिधित्व गर्ने सांसद भएर पनि होला मलाई त्यस क्याम्पसमा पढ्ने धेरै विद्यार्थीले म्यासेज गनुभएको छ, ‘क्याम्पसमा कक्षाकोठामा सँधै उहाँहरुको दादागिरी चल्थ्यो तर अब त पुलिसले समेत आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारेमा बोल्दिनुहोस् न । भनेर म्यासेज गर्नुभएको छ ।’

विद्यार्थी संगठनका नाममा अराजकता मच्याउनेलाई संरक्षण गर्ने तर आशिका तामाङहरुलाई भने १५ दिनसम्म हतकडी लगाएर डुलाउने सरकारको हर्कतले युवालाई विदेशतर्फ धकेलिरहेको उनको आरोप छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...