नेभिगेशन
सबै कुरा

बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएपछि रास्वपा सांसदको प्रश्नः कमलरी प्रथा पुनःस्थापित गरिएको हो ?

काठमाडाैँ । बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएको विषयमा संसदमा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएर यो सरकारले कमलरी प्रथा पुन स्थापित गरेको बताए । उनले यो सरकार अपराधीको संरक्षक बन्दै गएको आरोप लगाए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘यो सरकार न्यायको होइन अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो निर्दोशलाई सुली चढाउने शासकको रुपमा इतिहासमा दर्ज हुँदैछ ।’ उनले भने, ‘११ वर्षअघि कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरुलाई आशा दिलाएको थियो । तर बिडम्बना आज यही सरकारको छत्रछायाँमा रहेको एक सांसदले थारु नाबालिकालाई बन्धक बनाएर दासी सरह शोषण गरी काठमाडौँ महानगरले उद्धार गर्यो तर कारबाही शुन्य । यदी आठ/आठ वर्षसम्म एउटी नाबालिकालाई एउटी सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने, र सरकार मुकदर्शक बनेर बसिरहने हो भने नेपाल सरकारले खुलेर घोषणा गरिदिनुपर्यो कमलरी प्रथा पुनस्थापित भईसक्यो भनेर ।’

Ncell
Extreme Energy

उनले यो सरकार आफ्नो नेता कार्याकर्तालाई बचाउनलाई, भ्रस्टाचारीलाई जोगाउनलाई, दलाल ठग बिचौलियाहरुलाई उन्मुक्ति दिन बनेको हो ? यदि होइन भने अपराधीमाथि कारबाही किन हुँदैन ? भन्दै प्रश्न गरे । 

सम्बन्धित समाचारः नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

लुुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद रेखा शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् । 

परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाले नै काठमाडौँ महानगरको टोलीसँग गुनासो गरेकी थिइन् ।

गुनासोपश्चात महानगरको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाटै बालिकाको उद्धार गरेको थियो । बालिकालाई सेफ हाउसमा राखि सांसद शर्माबाट बालिकामाथि श्रम शोषण तथा दूव्र्यवहार भएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । 

प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालत पुगेकी सांसद शर्माको,  माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज भएको थियो । त्यसपछि उनलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

र अहिले उनीमाथि कुनै मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ । 

सम्बन्धित समाचारः

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

बाल श्रम शोषण कसुरमा एमाले सांसदविरुद्ध अनुसन्धान गर्न प्रहरीको आनाकानी !

नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

सम्बन्धित भिडियो रिपोर्टः 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

प्रियागोल्ड बिस्कुटमा सरकारले किन लगायो प्रतिबन्ध ?

मानिसले खान नहुने र गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर मिसाइएको पाइएपछि सरकारले भारतीय ब्रान्ड प्रियागोल्ड बिस्कुटको आयात र बिक्री वितरणमा रोक लगाएको छ।
माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

माइती–मावलीको सम्बन्ध प्रगाढ बनाउने दसैँको फेरिँदो शैली

दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने पर्व हो।
शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रः आठौँ दिन महागौरीको विधिपूर्वक पूजा आराधना

शारदीय नवरात्रको आठौँ दिन आइतबार दसैँघर तथा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिएको छ ।
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।