नेभिगेशन
सबै कुरा

बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएपछि रास्वपा सांसदको प्रश्नः कमलरी प्रथा पुनःस्थापित गरिएको हो ?

काठमाडाैँ । बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएको विषयमा संसदमा विरोध भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीले बालश्रमशोषण गर्ने सांसदलाई उन्मुक्ति दिएर यो सरकारले कमलरी प्रथा पुन स्थापित गरेको बताए । उनले यो सरकार अपराधीको संरक्षक बन्दै गएको आरोप लगाए । 

‘यो सरकार न्यायको होइन अन्यायको संरक्षक बन्दै गएको छ । चोरलाई चौतारो निर्दोशलाई सुली चढाउने शासकको रुपमा इतिहासमा दर्ज हुँदैछ ।’ उनले भने, ‘११ वर्षअघि कमलरी मुक्तिको घोषणा गरेर सरकारले थारु चेलीहरुलाई आशा दिलाएको थियो । तर बिडम्बना आज यही सरकारको छत्रछायाँमा रहेको एक सांसदले थारु नाबालिकालाई बन्धक बनाएर दासी सरह शोषण गरी काठमाडौँ महानगरले उद्धार गर्यो तर कारबाही शुन्य । यदी आठ/आठ वर्षसम्म एउटी नाबालिकालाई एउटी सांसदले बन्धक बनाएर राख्ने, राजनीतिक आडमा अपराधीलाई उन्मुक्ति दिने, र सरकार मुकदर्शक बनेर बसिरहने हो भने नेपाल सरकारले खुलेर घोषणा गरिदिनुपर्यो कमलरी प्रथा पुनस्थापित भईसक्यो भनेर ।’

City Express

उनले यो सरकार आफ्नो नेता कार्याकर्तालाई बचाउनलाई, भ्रस्टाचारीलाई जोगाउनलाई, दलाल ठग बिचौलियाहरुलाई उन्मुक्ति दिन बनेको हो ? यदि होइन भने अपराधीमाथि कारबाही किन हुँदैन ? भन्दै प्रश्न गरे । 

सम्बन्धित समाचारः नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

लुुम्बिनी प्रदेश सभामा दाङबाट निर्वाचित सांसद रेखा शर्माले १४ वर्षीया बालिकालाई ८ वर्षदेखि घरेलु कामदारका रुपमा राख्दै आएकी थिइन् । 

परिवारलाई पढाइदिने भन्दै काठमाडौँ ल्याएकी शर्माले बालिकालाई विद्यालयमा भर्ना गरेपनि घरेलु काममा लगाउने, पाइप रडले कुट्ने लगायतका यातना दिने गरेको भन्दै बालिकाले नै काठमाडौँ महानगरको टोलीसँग गुनासो गरेकी थिइन् ।

गुनासोपश्चात महानगरको टोलीले सांसद शर्माको बालुवाटरस्थित घरबाटै बालिकाको उद्धार गरेको थियो । बालिकालाई सेफ हाउसमा राखि सांसद शर्माबाट बालिकामाथि श्रम शोषण तथा दूव्र्यवहार भएको भन्दै जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी परेको थियो । 

प्रहरीमा जाहेरी परेपछि निषेधाज्ञाको माग गर्दै पाटन उच्च अदालत पुगेकी सांसद शर्माको,  माग दाबी नपुग्ने भन्दै साउन २३ गते रिट खारेज भएको थियो । त्यसपछि उनलाई पक्राउ गरि अनुसन्धान गर्ने बाटो खुलेपनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

र अहिले उनीमाथि कुनै मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ । 

सम्बन्धित समाचारः

सांसदकी घरकी बालश्रमिकको बयान ‘सांसदले पाइपको लट्ठीले कुट्थिन्’

बाल श्रम शोषण कसुरमा एमाले सांसदविरुद्ध अनुसन्धान गर्न प्रहरीको आनाकानी !

नाबालिकालाई घरेलु कामदार बनाउने एमाले सांसद रेखा शर्माविरुद्ध मुद्दा नचलाउने जिल्ला र उच्च सरकारी वकिलको निर्णय

सम्बन्धित भिडियो रिपोर्टः 








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत  पूर्वराष्ट्रपतिहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न...
संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

संविधानको मर्म र भावनाबमोजिम अघि बढ्नुपर्छः मुख्यमन्त्री शाह

शुक्रबार कैलालीको धनगढीमा आयोजित संविधान दिवस समारोहमा मुख्यमन्त्री शाहले संविधानको सही कार्यान्वयन गरेर नेपालीको भविष्यको खाका तयार गर्नुपर्ने उल्लेख गरेका थिए । ‘जेनजी’ आन्दोलनका क्रममा पुगेको धनजनको क्षतिले...
आठ हजार ८१६ कैदीबन्दी अझै फरार

आठ हजार ८१६ कैदीबन्दी अझै फरार

कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका  अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना...
बुटवल–नारायणगढ सडक अवरुद्ध

बुटवल–नारायणगढ सडक अवरुद्ध

लगातारको वर्षाका कारण दाउन्नेको पैँसठ्ठी मोड नजिकै माथिबाट पहिरो झरेकाले सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले बताएका छन् । लगातारको वर्षाले गत...