नेभिगेशन
सबै कुरा

भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका एमाले सांसद गोकुल बास्कोटाले धुलिखेल खावा सडक स्तरोन्नतिमा सरकारले वास्ता नगरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले पटकपटक सरकार र सरकारको नेतृत्व फेरिएको तर सो सडकको अवस्था नफेरिएको भन्दै आक्रोशमिश्रित व्यंग्य प्रहार गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘सभामुख महोदय, शुन्य समय हो,  नसुनेपनि हुन्छ । ४ ओटा प्रधानमन्त्री फेरिए, चारै वटा मन्त्री, सचिव कति हुन् मलाई थाहा छैन । खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु ।’, सांसद बास्कोटाले भने, ‘त्यहि भन्नु भनेका छन् त्यहाँका जनताले । नत्र ढुंगा खाने अवस्था बन्यो ।’

Ncell
Extreme Energy

त्यस्तै उनले काभ्रेले काठमाडौँको १७ प्रतिशत तरकारीको भार धान्ने तर सरकारले किसानहरुलाई उपेक्षा गर्दा उनीहरु समस्यामा रहेको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।