नेभिगेशन
सबै कुरा

भौतिकमन्त्रीको कानमा बतास पसोस्ः गोकुल बास्कोटा

काठमाडौँ । पूर्वमन्त्री समेत रहेका एमाले सांसद गोकुल बास्कोटाले धुलिखेल खावा सडक स्तरोन्नतिमा सरकारले वास्ता नगरेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बास्कोटाले पटकपटक सरकार र सरकारको नेतृत्व फेरिएको तर सो सडकको अवस्था नफेरिएको भन्दै आक्रोशमिश्रित व्यंग्य प्रहार गरेका हुन् । 

‘सभामुख महोदय, शुन्य समय हो,  नसुनेपनि हुन्छ । ४ ओटा प्रधानमन्त्री फेरिए, चारै वटा मन्त्री, सचिव कति हुन् मलाई थाहा छैन । खावादेखि धुलिखेलसम्मको ४ किलोमिटर बाटो बनेन । भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु ।’, सांसद बास्कोटाले भने, ‘त्यहि भन्नु भनेका छन् त्यहाँका जनताले । नत्र ढुंगा खाने अवस्था बन्यो ।’

Dish Home
Global Ime Bank

त्यस्तै उनले काभ्रेले काठमाडौँको १७ प्रतिशत तरकारीको भार धान्ने तर सरकारले किसानहरुलाई उपेक्षा गर्दा उनीहरु समस्यामा रहेको समेत बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्य मन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ’

प्रदेशका मन्त्री र स्थानीय तह प्रमुख बोलाएर स्वास्थ्य मन्त्री पौडेलले भने, ‘स्वास्थ्य समस्या समाधानमा मिलेर काम गरौँ’

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा तीनै वटा तह मिलेर काम गर्न प्रस्ताव गरेका छन् ।
राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपतिबाट शुक्रबार आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत हुने

राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् ।
भन्सार विधेयक बहुमतले पारित

भन्सार विधेयक बहुमतले पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी...
‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक’ पारित

प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ ।
भर्खरै