नेभिगेशन
सबै कुरा

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

आकस्मिक र शून्य समय सकिएपछि आकस्मिक समयमा बोल्न छुटेको भन्दै उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएपछि बिपक्षी दलले विरोध जनाएका थिए । खतिवडाले बोल्दै गर्दा रास्वपा सांसद गणेश पराजुलीले कुन नियमावली अनुसार बोल्न दिएको भन्दै नियमापत्ति जनाएकी थिइन् ।

Global Ime Bank

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताएका थिए । उनले खतिवडालाई बोल्न दिएको बारेमा सचिवालयको जवाफ चाहिने बताए । बिपक्षी दलको अवरोधपछि उपसभामुख रानाले प्राविधिक त्रुटी भएको भन्दै अध्ययन गर्न संसद सचिवालयलाई आदेश दिइन् ।

तर बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले आफ्नो अडान राखेपछि सभामुख घिमिरेले आक्रोश मुद्रामा १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रास्वपाको वेल घेराउपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

रास्वपाको वेल घेराउपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा...
भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

‘यसले हाम्रो इज्जत, हाम्रो इज्जत र गरिमा मात्र हैन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धमिल बनाएको छ। हामी यस्ता अपराधी क्रियाकलाप विरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेका छौँ र...
आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै आएको रास्वपाले अडानबाट पछि नहट्ने र संसदमा विरोधका थप कार्याक्रम गर्ने जनाएको छ ।
बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न अर्थमन्त्रीको आग्रह

उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले बजेटको प्रभावकारी कार्यान्वयनमा आशंका नगर्न आग्रह गरेका छन् ।