नेभिगेशन
सबै कुरा

संसद बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आकस्मिक र शून्य समय सकिएपछि आकस्मिक समयमा बोल्न छुटेको भन्दै उपसभामुख इन्दिरा रानाले कांग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिएपछि बिपक्षी दलले विरोध जनाएका थिए । खतिवडाले बोल्दै गर्दा रास्वपा सांसद गणेश पराजुलीले कुन नियमावली अनुसार बोल्न दिएको भन्दै नियमापत्ति जनाएकी थिइन् ।

Ncell
Extreme Energy

त्यस्तै माओवादी प्रमुख सचेतक हितराज पाण्डेले पनि संसद् नियमावली अनुसार नचलेको बताएका थिए । उनले खतिवडालाई बोल्न दिएको बारेमा सचिवालयको जवाफ चाहिने बताए । बिपक्षी दलको अवरोधपछि उपसभामुख रानाले प्राविधिक त्रुटी भएको भन्दै अध्ययन गर्न संसद सचिवालयलाई आदेश दिइन् ।

तर बिपक्षी दलले उठेर विरोध जनाएपछि सभामुखको आसनमा देवराज घिमिरे आएका थिए । उनले यस विषयमा सचिवालयले आवश्यक छलफल गर्ने भन्दै बस्न आग्रह गरेका थिए । तर विपक्षी दलले आफ्नो अडान राखेपछि सभामुख घिमिरेले आक्रोश मुद्रामा १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।