नेभिगेशन
सबै कुरा

स्थानीय सरकारको न्याय प्रणालीबाट अन्य अदालतले पनि जनतामा आशा जगाउनु पर्छः बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्याय प्रणालीले जनतामा आशा जगाउनु पर्ने बताएका छन् । मङ्गलबार काठमाडौँ महानगरपालिकाको ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो बताएका हुन ।

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित पदाधिकारीसहभागी कार्यक्रमलाई सम्बोधन गर्दै शाहले जनताले छिटो न्याय पाउनु अपरिहार्य भएको बताए । ‘हाम्रो देशमा न्याय पाउनु भन्दा पनि समयमै न्याय पाउनु निकै गाह्रो छ’ बालेनले भने,  ‘स्थानीय सरकार घरकै सरकार भएका कारण चाँडै न्याय पाउन सक्छ भने झै अन्य जिल्ला, विशेष अदालतहरूले पनि समयमै न्याय पाइन्छ भन्ने प्रेरणा जगाउनु जरुरी छ ।’ 

महानगरकाअनुसार काठमाडौँमा प्रमुखको इजलासले हेर्ने ३०६ वटा विवाद समाधानका लागि ३३ वटा सुनवाई भएका थिए । यसबाट १७४ वटा विवादमा निर्णय भएको र त्यसमध्ये ६५ वटा विवाद तामेली भएको थियो भने ६ वटामा मिलापत्र भएको जनाइएको छ । 

यसरी हेर्ने प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरुपण भएको छ । प्रमुखको इजलासबाट भवन निर्माणको मापदण्डका विवाद हेरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे ।
सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...
निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

विभागका एक निरीक्षण अधिकृतका अनुसार सो विद्यालयले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय...
‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

सभापति देउवाले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार,...