नेभिगेशन
सबै कुरा

स्थानीय सरकारको न्याय प्रणालीबाट अन्य अदालतले पनि जनतामा आशा जगाउनु पर्छः बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले न्याय प्रणालीले जनतामा आशा जगाउनु पर्ने बताएका छन् । मङ्गलबार काठमाडौँ महानगरपालिकाको ‘न्यायिक समिति: दिग्दर्शन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै मेयर शाहले यस्तो बताएका हुन ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान, महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०, विशेष अदालत काठमाडौँका अध्यक्ष टेकनारायण कुँवर, संविधानविद् काशीराज दाहाल, महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलसहित पदाधिकारीसहभागी कार्यक्रमलाई सम्बोधन गर्दै शाहले जनताले छिटो न्याय पाउनु अपरिहार्य भएको बताए । ‘हाम्रो देशमा न्याय पाउनु भन्दा पनि समयमै न्याय पाउनु निकै गाह्रो छ’ बालेनले भने,  ‘स्थानीय सरकार घरकै सरकार भएका कारण चाँडै न्याय पाउन सक्छ भने झै अन्य जिल्ला, विशेष अदालतहरूले पनि समयमै न्याय पाइन्छ भन्ने प्रेरणा जगाउनु जरुरी छ ।’ 

Ncell
Extreme Energy

महानगरकाअनुसार काठमाडौँमा प्रमुखको इजलासले हेर्ने ३०६ वटा विवाद समाधानका लागि ३३ वटा सुनवाई भएका थिए । यसबाट १७४ वटा विवादमा निर्णय भएको र त्यसमध्ये ६५ वटा विवाद तामेली भएको थियो भने ६ वटामा मिलापत्र भएको जनाइएको छ । 

यसरी हेर्ने प्रमुखको इजलासबाट ८०.०६ प्रतिशत विवाद निरुपण भएको छ । प्रमुखको इजलासबाट भवन निर्माणको मापदण्डका विवाद हेरिन्छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।