नेभिगेशन
सबै कुरा

आजको मौसमः उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका मध्य र पूर्वी तराईका केही भागमा हुस्सु लागेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । साथै,  बागमती,  गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Ncell
Extreme Energy

त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । बिहीबार बिहान तराईका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।