नेभिगेशन
सबै कुरा

प्रहरी कुटपिट घटनालाई लिएर अनेरास्वयिुले भन्यो, ‘घटनालाई अतिरञ्जित गरेर संगठनलाई बदनाम गर्ने कुचेष्टा भयो’

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले प्रहरी कुटपिट घटनालाई सामाजिक सञ्जालमा अतिरञ्जित गरेको आरोप लगाएको छ । उक्त घटनालाई लिएर अनेरास्ववियुलाई बदनाम गर्ने नियोजित प्रयास भएको भन्दै अनेरास्ववियुका अध्यक्ष समिक बढालले विज्ञप्ती सार्वजनिक गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूहरु सदैव कानूनी राज्यको पक्षधर रहँदै आएको र कानूनी प्रक्रियाबाट दोषी उपर कार्बाही हुनुपर्ने बताउँदै अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको  अध्यक्ष बडालले बताए । ‘अमृत साइन्स क्याम्पस आसपास भएको प्रहरी कुटपिट घटनालाई लिएर अनेरास्ववियुलाई बदनाम गर्ने नियोजित प्रयासप्रति संगठनको गम्भीर ध्यानाकर्षण भएको छ । अनेरास्ववियु सदैव कानूनी राज्यको पक्षधर रहँदै आएको छ र कुनै पनि घटनाको निष्पक्ष अनुसन्धान हुन्‌ पर्दछ भन्ने स्पष्ट मान्यता राख्दछ । यस घटनामा जोसुकै संलग्न भए पनि कानूनी प्रक्रियाबाट दोषी उपर आवश्यक कार्बाही हुनुपर्छ भन्ने संगठनको स्पष्ट धारणा छ । तथापि, घटनालाई अतिरञ्जित गर्दै सामाजिक सञ्जाल तथा प्रायोजित सामग्री मार्फत अनेरास्ववियुलाई बदनाम गर्ने कुचेष्टा भइरहेको देखिएकोमा यस्ता गलत प्रचारबाजीको अनेरास्ववियु घोर भत्संना गर्दछ ।’, बडालद्वारा सार्वजनिक गरिएको विज्ञप्तीमा भनिएको छ । 

Ncell
Extreme Energy

त्यस्तै अध्यक्ष बडालले सो घटनामा अनुसन्धान गर्न प्रभावित पार्ने कुनै कार्य नगराउन र संसदमा सो विषयमा आवाज उठाउने सांसदलाई समेत संसदीय समिति गठन गरी छानबिन गर्न चुनौती दिए । ‘नेपाल सरकार र सम्बन्धित निकायलाई निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तथा दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गर्दछौं । साथै, प्रहरी अनुसन्धानलाई प्रभावित पार्ने कुनै पनि दबाब स्वरूप राजनीतिक रंग नलगाउन सम्बन्धित सबैलाई सचेत गराउन चाहन्छौँ,’विज्ञप्तीमा भनिएको छ,‘अनेरास्ववियु कानूनी प्रक्रियामा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै, संसदमा अनेरास्ववियु र यसका सदस्यहरूमाथि आशंका उब्जाउने गरी अनर्गल प्रचार गर्ने माननीयहरूलाई संसदीय समिति गठन गरी सत्य तथ्य अध्ययन गर्न चुनौती दिन चाहन्छौं । अपराधका घटनालाई राजनीतिकरण नगरी वास्तविक दोषीमाथि कारबाही होस्‌ भन्ने हाम्रो माग छ । अनेरास्ववियुको संगठनात्मक निष्ठामाथि गलत आरोप लगाउनेहरूसँग हामी कानूनी लडाइ लड्न तयार छौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

भारतीय स्कारपियोको ठक्करबाट बारामा १७ वर्षीय मोटरसाइकल चालकको मृत्यु, दुई घाइते

बाराको महागढीमाई नगरपालिका–१ स्थित हुलाकी राजमार्गमा भारतीय नम्बर प्लेटको स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा १७ वर्षीय चालकको मृत्यु भएको छ ।
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा आधिकारिक साझेदारका रूपमा सहकार्य गर्ने भएको छ ।
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख नजिक पुगेको छ ।
पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पाँच वर्षपछि मासिक राजस्व असुली लक्ष्यभन्दा बढी, पूर्वअर्थमन्त्री खनालले व्यक्त गरे खुसी

पूर्वअर्थमन्त्री रामेश्वर खनालले संघीय सरकारको एक महिनाको राजस्व असुली लक्ष्यभन्दा बढी भएको भन्दै खुसी व्यक्त गरेका छन्।