नेभिगेशन
सबै कुरा

बाख्रीको मासुमा खसीको राजखानी सिलाएर टाँसेर बिक्री

वीरगञ्ज । वीरगञ्जमा बाख्रीको मासुलाई खसिको भनेर झुक्याएर बेच्ने गरेको फेला परेको छ । बाख्रीको भन्दा खसीको मासु महँगो हुने भएकाले अधिक नाफा कमाउन एक व्यापारीले बाख्राको मासुमा सिलाएर खसीको अण्डकोष टाँसेको फेला परेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय पर्साको बाख्रीको मासुमा खसिको अण्डकोष सिलाएर टाँसिएकै अवस्थामा रङ्गेहात २ पर्साका हारुन मियाँ अन्सारीलाई पक्राउ गरेको छ । 

Ncell
Extreme Energy

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालकाअनुसार वीरगञ्ज महानगर १३ का ४१ वर्षीय अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । बाख्रीको मासुलाई खसिको भन्दै झुक्याएर बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले बिक्रीका लागि राखेको मासुमै खसिको अण्डकोष (राजखानी) सिलाएर टाँसेको भेटिएको सूचना अधिकारी लम्सालले बताए । 

महानगरको १३ वडास्थित आसमिन फ्रेस हाउसबाट यस्तो अवस्थामा १५ किलो मासु पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पर्सामा खसिको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ र बाख्रीको मासुको मूल्य ६ सय रुपैयाँमा बिक्री हुन्छ । 

बाख्रीको मासुमा खसिको राजखानी टाँस गर्दा किलोमै ४ सय रुपैयाँ  नाफा हुने भएपछि यस्तो गरिएको हुनसक्ने प्रहरीको भनाई छ । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको पनि प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।