नेभिगेशन
सबै कुरा

बाख्रीको मासुमा खसीको राजखानी सिलाएर टाँसेर बिक्री

वीरगञ्ज । वीरगञ्जमा बाख्रीको मासुलाई खसिको भनेर झुक्याएर बेच्ने गरेको फेला परेको छ । बाख्रीको भन्दा खसीको मासु महँगो हुने भएकाले अधिक नाफा कमाउन एक व्यापारीले बाख्राको मासुमा सिलाएर खसीको अण्डकोष टाँसेको फेला परेको हो । 

जिल्ला प्रहरी कार्यालय पर्साको बाख्रीको मासुमा खसिको अण्डकोष सिलाएर टाँसिएकै अवस्थामा रङ्गेहात २ पर्साका हारुन मियाँ अन्सारीलाई पक्राउ गरेको छ । 

City Express

पर्सा प्रहरीका सूचना अधिकारी किशोर लम्सालकाअनुसार वीरगञ्ज महानगर १३ का ४१ वर्षीय अन्सारीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ । बाख्रीको मासुलाई खसिको भन्दै झुक्याएर बेचबिखन भइरहेको भन्ने सूचनाका आधारमा गएको प्रहरी टोलीले बिक्रीका लागि राखेको मासुमै खसिको अण्डकोष (राजखानी) सिलाएर टाँसेको भेटिएको सूचना अधिकारी लम्सालले बताए । 

महानगरको १३ वडास्थित आसमिन फ्रेस हाउसबाट यस्तो अवस्थामा १५ किलो मासु पनि नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ । पर्सामा खसिको मासुको मूल्य प्रतिकिलो एक हजार रुपैयाँ र बाख्रीको मासुको मूल्य ६ सय रुपैयाँमा बिक्री हुन्छ । 

बाख्रीको मासुमा खसिको राजखानी टाँस गर्दा किलोमै ४ सय रुपैयाँ  नाफा हुने भएपछि यस्तो गरिएको हुनसक्ने प्रहरीको भनाई छ । पक्राउ परेका अन्सारीलाई थप अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद दिएको पनि प्रहरीले जनाएको छ । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
समस्या परे सिधै गृह मन्त्रालयमा उजुरी गर्न सकिने, हटलाइन नम्बर सार्वजनिक

समस्या परे सिधै गृह मन्त्रालयमा उजुरी गर्न सकिने, हटलाइन नम्बर सार्वजनिक

शुक्रबार गृह मन्त्रालयका सहयक प्रवक्त एवम् सूचना अधिकारी रविन्द्र आचार्यले द्वारा जारी गरिएको सुचनामा जारी जेनजी आन्दोलन पश्चात् समाजमा घट्नसक्ने उच्छ«ङ्खल गतिविधिहरुलाई नियन्त्रण लिइ समाजमा शान्ति सुरक्षा कायम...
जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

जलाइएका सामग्रीको विवरण सङ्कलन गर्न समिति गठन

मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा जानुका पण्डितको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । समितिमा प्रशासन, लेखालगायत शाखाका कर्मचारीलाई सदस्य राखिएको छ । गत आइतबारको सचिवस्तरीय निर्णयअनुसार...
सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

सरकार गठन र संसद बिघटन राष्ट्रपतिको स्वेच्छाले नभएको कांग्रेस नेता सिटौलाको ठोकुवा

बीपी चिन्तन प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको मौजुदा संविधान र यसका चूनौतिहरु बिषयक कार्यक्रममा सिटौलाले आन्दोलनका क्रममा देशभर आगजनी भएको र सुरक्षा निकाय समेत पछि हटेको अवस्थामा राष्ट्रपतिको...
संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवसको दिन राष्ट्रपति भवनमा नेताहरुको जमघट (तस्बिरहरु)

संविधान दिवस राष्ट्रिय दिवसको अवसर शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ । उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा अध्यक्ष लगायत  पूर्वराष्ट्रपतिहरु, पूर्वप्रधानमन्त्रीहरु लगायत विभिन्न...