नेभिगेशन
सबै कुरा

'काली' भनेको भन्दै स्कुलकी लेखापालले पन्यु तताएर डामिन ४ जना विद्यार्थी

तनहुँ । तनहुँको भिमादस्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी एक कर्मचारीले विद्यार्थीलाई पन्यू तताएर डामेकी  छिन् । जिल्लाको प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठको छोरी एवम् सो विद्यालयमा लेखापालका रुपमा कार्यरत सुष्मा श्रेष्ठले बच्चाहरूले हल्ला गरेको र आफूलाई काली भनेको निहुँमा पन्यू तताएर डामेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् डीएसपी अशोक थापाले घटनाको पुष्टि गरे । उनकाअनुसार घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय भिमादले आरोपित सुष्मा श्रेष्ठलाई पक्राउ गरेको छ । 

‘घटना हिजो भएको रहेछ । हामीले आज बिहान यो कुरा थाहा पायौँ,’ डीएसपी थापाले सिधाकुरासँग भने,‘इलाका प्रहरी कार्यालयले आरोपितर्लाइ नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय ल्याउँदैछ ।’ प्रहरीकाअनुसार पन्युको तातो डामका कारण  एक बालकको गालामा बढी चोट छ भने तीन बालकको गालामा सामान्य घाउ रहेको छ । 

कक्षा ४ मा पढ्ने बर्ष १० प्रमिस परियार लगायत ४ जनालाई मिसले पन्यु तताएर डामेको घाइते बालककी आमा विष्णु परियारले जानकारी दिइन ।  छोरालाई त्यस्तो भएको थाहा पाएपछि अर्का बालक बेवीसको आमा बसन्ती र आफू विद्यालयमा पुगेको उनले बताइन । अहिले बच्चालाई नदुख्ने औषधी खुवाउने तथा मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घट्ना भएको स्वीकार गरे । ‘मेरो आफ्नै छोरी हुन्,’ उनले भने, ‘घट्ना अप्रत्याशित रुपमा हुन पुग्यो । गर्न नहुने काम गरिन् । घाइते बालकहरूको उपचारको लागि पनि पहलकदमी भइरहेको छ ।’

पीडित बालकका आफन्तहरूले विद्यालयमा भएको घटनाले बालबालिका असुरक्षित रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पीडकलाई कारबाहीको पनि माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयले भने थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी भइरहेको जनाएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गृहमन्त्री अर्याल भन्छन्ः सुशासनको पक्षमा शुद्ध चित्तले काम हुँदैछ, धैर्य गर्नु

गृहमन्त्री अर्याल भन्छन्ः सुशासनको पक्षमा शुद्ध चित्तले काम हुँदैछ, धैर्य गर्नु

आफ्नो शुद्ध चित्तले कर्म गरिरहने बाहेक सरकारसँग अरू विकल्प नभएको उल्लेख गर्दै भनेका छन्,‘कार्यकालको अन्तिममा जनतालाई हामी धैर्यताका निम्ति धन्यवाद भन्नेछौँ। पाइलै पिच्छे सुशासनको बाटो हिँडेर देशलाई निर्वाचन...
सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

सौराहाबाट रास्वपाका १० घोषणा: महाधिवेशनको मिति देखि निर्वाचनमा जेन-जी उम्मेदवार बनाउने प्रयास

रास्वपाले समानुपातिक तथा प्रत्यक्ष निर्वाचनमा सहभागी हुने उम्मेदवारको प्रक्रिया पनि स्पष्ट पारेको छ । यस अघि बन्द सूचिमा रहेकाहरु नदोहोरिने गरी जेन-जीको २७ प्रतिशत र विदेशबाट नेपाल फर्किएर...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ...
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते