नेभिगेशन
सबै कुरा

'काली' भनेको भन्दै स्कुलकी लेखापालले पन्यु तताएर डामिन ४ जना विद्यार्थी

तनहुँ । तनहुँको भिमादस्थित शान्तिनगरमा रहेको प्रभात एकेडेमी बोर्डिङ स्कुलकी एक कर्मचारीले विद्यार्थीलाई पन्यू तताएर डामेकी  छिन् । जिल्लाको प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठको छोरी एवम् सो विद्यालयमा लेखापालका रुपमा कार्यरत सुष्मा श्रेष्ठले बच्चाहरूले हल्ला गरेको र आफूलाई काली भनेको निहुँमा पन्यू तताएर डामेकी हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवम् डीएसपी अशोक थापाले घटनाको पुष्टि गरे । उनकाअनुसार घटनामा संलग्न भएको आरोपमा इलाका प्रहरी कार्यालय भिमादले आरोपित सुष्मा श्रेष्ठलाई पक्राउ गरेको छ । 

Ncell
Extreme Energy

‘घटना हिजो भएको रहेछ । हामीले आज बिहान यो कुरा थाहा पायौँ,’ डीएसपी थापाले सिधाकुरासँग भने,‘इलाका प्रहरी कार्यालयले आरोपितर्लाइ नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय ल्याउँदैछ ।’ प्रहरीकाअनुसार पन्युको तातो डामका कारण  एक बालकको गालामा बढी चोट छ भने तीन बालकको गालामा सामान्य घाउ रहेको छ । 

कक्षा ४ मा पढ्ने बर्ष १० प्रमिस परियार लगायत ४ जनालाई मिसले पन्यु तताएर डामेको घाइते बालककी आमा विष्णु परियारले जानकारी दिइन ।  छोरालाई त्यस्तो भएको थाहा पाएपछि अर्का बालक बेवीसको आमा बसन्ती र आफू विद्यालयमा पुगेको उनले बताइन । अहिले बच्चालाई नदुख्ने औषधी खुवाउने तथा मलम लगाएर राखिएको छ । प्रभात एकेडेमीका सञ्चालक कृष्णदेव श्रेष्ठले घट्ना भएको स्वीकार गरे । ‘मेरो आफ्नै छोरी हुन्,’ उनले भने, ‘घट्ना अप्रत्याशित रुपमा हुन पुग्यो । गर्न नहुने काम गरिन् । घाइते बालकहरूको उपचारको लागि पनि पहलकदमी भइरहेको छ ।’

पीडित बालकका आफन्तहरूले विद्यालयमा भएको घटनाले बालबालिका असुरक्षित रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले पीडकलाई कारबाहीको पनि माग गरेका छन् । यता जिल्ला प्रहरी कार्यालयले भने थप अनुसन्धानका लागि अदालतबाट म्याद थपको तयारी भइरहेको जनाएको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।