नेभिगेशन
सबै कुरा

शंखरापुर स्कुल बस दुर्घटना अपडेटः चाबहिलको एसएस स्कुलका ३ विद्यार्थीको मृत्यु, ४३ जना घाइते

काठमाडौँ । काठमाडौँको शंखरापुरमा भएको स्कुल बस दुर्घटनामा ३ जना विद्यार्थीको मृत्यु भएको छ । बुधबार साँझ नगरकोटबाट पिकनिक मनाएर फर्किएको स्कुल बस शंखरापुरमा दुर्घटनामा परेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराकाअनुसार दुर्घटनामा परी ३ जना विद्यार्थीको मृत्यु भएको छ । यस्तै ४३ जना विद्यार्थी घाइते भएका छन् । 

Ncell
Extreme Energy

दुर्घटनामा परी घाइते भएका विद्यार्थीहरूलाई उद्धार गरेर अस्पताल पु¥याएपछि उपचारका क्रममा उनीहरूको मृत्यु भएको बोहोराले जानकारी दिए । एक जनाको शंखरापुर र एकजनाको अत्तरखेलस्थित नेपाल मेडिकल कलेज र एक विद्यार्थीको शिक्षण अस्पतालमा निधन भएको प्रहरीको भनाई छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।