नेभिगेशन
सबै कुरा

आज विश्व रेडियो दिवस

काठमाडौँ । आज विश्व रेडियो दिवस विश्वभर विविध चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को) को आह्वानमा द्रुत गतिमा परिवर्तनशील विश्वमा जलवायु परिवर्तनका कारण उत्पन्न समस्या र अनुकूलनबारे सचेतना फैलाउने रेडियो कार्यक्रम प्रसारण गरेर आज यो दिवस मनाइँदै छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सन् २०११ मा युनेस्काका सदस्य राष्ट्रले फेब्रुअरी १३ लाई अन्तरराष्ट्रिय रेडियो दिवसका रूपमा मनाउन प्रस्ताव गरे पनि राष्ट्रसङ्घीय महासभाले त्यसलाई २०१२ मा अनुमोदन गरेपछि यो दिवस मनाउन प्रारम्भ भएको हो ।  

Ncell
Extreme Energy

लोकतान्त्रिक बहसका निम्ति शक्तिशाली माध्यम मानिने रेडियो आमसञ्चारको सशक्त माध्यम हो । रेडियो धेरैभन्दा धेरै श्रोतासम्म पुग्ने र विश्वव्यापी स्तरमा सबैभन्दा बढी सुनिने माध्यम हो  । रेडियोले समाजको विविधताका साथै एकता कायम गर्न, आवाजविहीनका आवज बोल्न, प्रतिनिधित्व गर्न तथा सुन्न र सुनाउन कुनै समयमा निर्वाह गरेको भूमिका अतुलनीय छ । विपत्तिका बेला तथा अगम्य ग्रामीण क्षेत्रका सर्वसाधारणको हरपलको साथी बनेको रेडियोले सूचना, मनोरञ्जन र शिक्षा दिएर सामाजिक परिवर्तनमा पनि प्रशंसनीय भूमिका निर्वाह गरेको छ । सकारात्मक संवादलाई बढावा दिन रेडियो उपयोगी मानिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

आरुघाट पुलमा बेलिब्रिज जडान अन्तिम चरणमा, भोलिसम्म यातायात खुलाउने तयारी

गोरखा र धादिङ जोड्ने आरुघाटस्थित पक्की पुलको क्षतिग्रस्त खण्डमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ। भोलिसम्म यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बताएका छन्।
दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

दसैँको रौनकसँगै हराउँदै रातो माटो र कमेरोको संस्कृति

कुनै समय दसैँ नजिकिएसँगै लमजुङका गाउँबस्ती रातो माटो र कमेरोले रङ्गिन्थे। घरका भित्ता पोत्ने, ढोका–झ्याल रङ्गाउने र बाटोघाटो सफा गर्ने चटारो हुन्थ्यो।
सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

सर्‍यो भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

एक लाख ३३ हजार ३३४ रुपैयाँ पाउने यी हुन् १६ भाग्यशाली नम्बर

करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १६ देखि ३१ गतेसम्मको १० लाख रुपैयाँको बम्पर उपहारसहित १६ जना पाक्षिक विजेता घोषणा गरिएको छ।