नेभिगेशन
सबै कुरा

जनयुद्ध दिवसमा उदयपुरका दुई पालिकाले दिए सार्वजनिक बिदा

उदयपुर । उदयपुरका दुई स्थानीय तहले ‘जनयुद्ध दिवस’ को सार्वजनिक बिदा दिएका छन् । जिल्लाका लिम्चुङबुङ र ताप्ली गाउँपालिकाले फागुन १ गतेका दिन सार्वजनिक बिदा दिएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई, उपाध्यक्ष पुष्पलाल राईको संयुक्त हस्ताक्षरमा बुधबार एक सूचना जारी गर्दै फागुन १ गते जनयुद्ध सुरु भएको स्मरणमा सार्वजनिक बिदा दिइएको बताएका छन् । 

Ncell
Extreme Energy

नेपालको इतिहासको हरेक कालखण्डमा भएका सवै परिवर्तनहरु कुनै न कुनै राजनैतिक दलको नेतृत्वमा भएका छन्, ती राजनैतिक दलसंग जनता जोडिएका छन्। ती

जनताको त्याग, तपस्या, वलिदान र आन्दोलनहरुको उपज आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थामा सवै संरचनाहरु अस्तित्वमा छन्। लोकतन्त्र,मानव अधिकार र अग्रगामी राज्यको लागि योगदान गर्ने महान नेपाली जनता वीर शहिदहरु प्रति सम्मान स्वरुप

सदा झै संघीय लोकतान्त्रिक  गणतन्त्र नेपाल स्थापनाको लागि परिवर्तनको शुभारम्भ भएको दिन फागुन १ गते जनयुद्ब दिवशलाई उत्सवको रुपमा मनाउन पालिका भर अत्यावश्यक सेवा बाहेकलाई सार्वजनिक विदा दिईएको सूचनामा उल्लेख छ।


०५२ साल फागुन १ गते सुरु भएको जनयुद्धको स्मरण र त्यस क्रममा देशमा आमूल राजनीतिक परिवर्तनका खातिर आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् सहिदहरूप्रति सम्मानार्थ सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष मेजर राईले बताए। त्यसैगरी ताप्ली गाउँपालिकाले पनि सोही व्यहोराको  सूचना  जारी गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । ताप्लीका अध्यक्ष  ढुङ्गराज विश्वकर्मा 

र लिंचुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राई दुवै माओवादी केन्द्र बाट निर्वाचित अध्यक्ष हुन् । दुवै गाउँपालिकाले जारी गरेको सूचना अनुसार गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाहरू, विद्यालय लगायत मातहतका सबै सरकारी कार्यालयमा १ दिन सार्वजनिक बिदा दिइएको जनाएको  छ । माओवादीले सञ्चालन गरेको ०५२–०६२ को १० वर्षे जनयुद्धको विषयमा नेपाली राजनीति विभाजित छ । एमाले र काँग्रेसले जनयुद्ध भन्ने शब्द सुन्नै नमान्ने अवस्था छ भने माओवादी जनयुद्धकै कारण देशमा सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानुपातिक व्यवस्था प्राप्त भएको भन्दै त्यसको बचाउमा छ । माओवादीले हरेक वर्ष फागुन १ गतेका दिन विविध रचनात्मक तथा राजनीतिक कार्यक्रमका साथ जनयुद्ध दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ ।
स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख रानाको दुर्घटनामा मृत्यु

उपप्रमुख रानाले शनिबार नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैँ चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी...
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...