नेभिगेशन
सबै कुरा

‘हाम्रो नेतालाई प्रहरीले ठमेलबाट उठायो, टोखामा पुर्याएर कुट्यो र वीरमा उपचार गरेर छोड्यो’ : अनेरास्ववियु

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेतालाई प्रहरीले अपहरण गरेर कुटेको आरोप लगाएको छ । संगठनका अध्यक्ष समिक बडालले दरबारमार्गका एक प्रहरीले अस्कल क्याम्पसका एक नेतालाई साँझको समयमा अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार एक विज्ञप्ती सार्वजनिक गर्दै अध्यक्ष बडालले संगठनमा आबद्ध प्रकाश वयकलाई साँझको समयमा आफू नेपाल प्रहरीको प्रतिनिधि रहेको र सीएसआईटीको फर्म भर्नु छ भनी बोलाएर अपहरण गरेर कुटपिट गरेको आरोप लगाएका छन् । ‘मिति २०८१/१०/३० गते राति अन्दाजी ७ बजे तिर नेपाल प्रहरीको प्रतिनिधि हुँ भनेर कल गर्दै अस्कल होस्टल बाहिर आउनु सीएसआईटीको फर्म भर्नु छ भनि बोलाएर अस्कल होस्टेल बाहिरबाट उठाएर सोधपुछ गर्नु छ भनि विना कसुर अस्कल क्याम्पस मदन भण्डारी स्पोटद्स एकेडेमीका उपाध्यक्ष क प्रकाश वयक माथि हतकडि लगाएर दरबारमार्ग वृतको प्रहरीले टोखा लगेर विभिन्न आरोप लगाएर मुद्दा चलान गर्छु भनि धम्कि दिंदै नाक, मुख, आखा सुन्निने गरि कुटपिट गरि विर अस्पतालमा चेकजांच गराएर राती २ बजे आफन्तलाई बुझाएको घटनाप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको छ ।’, बडालले विज्ञप्तीमा भनेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै उनले नेपाल प्रहरीको गैरकानुनी तवरको धरपकडको सह्य नहुने र सो घटनामा संलग्नको छानबिन गरि दोषीमाथि कडा कारबाही नगरिए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । ‘नेपाल प्रहरीको यस किसिमको गैरकानुनी तवरको धरपकड र ज्यादती निन्दनीय छ । तत्काल यसको छानबिन गरी दोसीहरुलाई कार्बाही गर्न जोडदार माग गर्दछौँ । अन्यथा यस किसिमका गतिविधि विरुद्ध कडा भन्दा कडा आन्दोलनमा उत्रिन संगठन बाध्य हुने चेतावनी यसै विज्ञप्ति मार्फत दिन चाहन्छौं ।’, विज्ञप्तीमा उल्लेख गरिएकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।