नेभिगेशन
सबै कुरा

कुटिएका अनेरास्ववियुका विद्यार्थी नेतासँग हाम्रो सरोकार नै छैन: दरबारमार्ग प्रहरी

काठमाडौँ । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई दरबारमार्गका प्रहरीले अपहरण गरेर कुटेको घटना सत्य नभएको प्रहरीले जनाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले आफूहरुको संगठनमा आबद्ध विद्यार्थी नेतामाथि दरबारमार्गको प्रहरीले अपहरण गरेर हतकडि लगाएर टोखा पुर्याएर कुटेको घटनामा कुनै सत्यता नरहेको दरबारमार्ग प्रहरीले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी वृत्त दरबारमार्गका प्रमुख डिसपी राजकुमार श्रेष्ठले दरबारमार्ग प्रहरीलाई जुन आरोप लगाएर विज्ञप्ती सार्वजनिक भएको छ, त्यसमा आफूहरुको कुनै संलग्नता नरहेको बताए । ‘मैले पनि त्यो विज्ञप्ती देखेँ, हामीलाई आरोप लगाइएको रहेछ ।’, डिएसपी श्रेष्ठले भने, ‘हाम्रो वृत्तलाई कुटाई खाएका भनिएका ती व्यक्तिसँग कुनै सरोकार नै छैन । ती व्यक्ति हाम्रो वृत्तसँग सम्बन्धित भए हामी प्रहरी कार्यालय ल्याउँथ्यौँ होला । किन छोड्थ्यौँ होला र ? त्यसैले हामीमाथि लगाइएको आरोप सरासर झुट्टा हो ।’

Ncell
Extreme Energy

याे पनि:‘हाम्रो नेतालाई प्रहरीले ठमेलबाट उठायो, टोखामा पुर्याएर कुट्यो र वीरमा उपचार गरेर छोड्यो’ : अनेरास्ववियु

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आफ्ना विद्यार्थी नेता प्रकाश वयकलाई प्रहरीले अपहरण गरेर कुटेको आरोप लगाएको छ । संगठनका अध्यक्ष समिक बडालले दरबारमार्गका एक प्रहरीले अस्कल क्याम्पस ती नेतालाई साँझको समयमा अपहरण गरेर कुटपिट गरेर उपचारपश्चा परिवारको जिम्मा लगाएको आरोप लगाएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।