नेभिगेशन
सबै कुरा

मकुना हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरुले विरोध जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार काठमाडौँको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारवाही गर्न समेत माग गरेका छन् ।

Ncell
Extreme Energy

सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताइन् । 

उनले दोषीलाई कारवाही नभएसम्म निरन्तर दवावका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोलि चलाउनुपरेको बताउँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।