नेभिगेशन
सबै कुरा

मकुना हत्याको विरोधमा काठमाडौँमा प्रदर्शन

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरुले विरोध जनाएका छन् । 

बिहीबार काठमाडौँको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारवाही गर्न समेत माग गरेका छन् ।

सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताइन् । 

उनले दोषीलाई कारवाही नभएसम्म निरन्तर दवावका कार्यक्रम आयोजना गर्ने उल्लेख गरिन् । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपनि आत्मरक्षाका लागि गोलि चलाउनुपरेको बताउँदै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे ।
सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...
निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

विभागका एक निरीक्षण अधिकृतका अनुसार सो विद्यालयले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय...
‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

सभापति देउवाले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार,...