नेभिगेशन
सबै कुरा

बबरमहलमा फुटेको खानेपानी पाइप मर्मत गरियाे

काठमाडाैँ । काठमाडौँको बबरमहलमा फुटेको खानेपानी पाइपको मर्मत गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइपको मर्मत गरिएको हो । सो क्षेत्रमा फुटेको पाइपको स्थानमा नयाँ पाइप राखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको पाइप फुटेपछि बुधबार रातीदेखि नै मर्मत गर्ने कार्य सुरु गरिएको थियो ।

Ncell
Extreme Energy

पाइप फुटेपछि पानी पूरै बगेर बबरमहल जलमग्न भएको थियो । मर्मत पूर्ण रुपमा सकिएपछि परिक्षण गरि पानी वितरण प्रक्रिया सुरु गर्ने केयूकेएलले जानकारी दिएको छ ।

विद्युत्का तार भूमिगत गर्न ड्रिलिङ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेको थियो । जसले विषेश अदालतसहित सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो । बिहीबार पानी छिरेका सरकारी कार्यालयहरुमा सफाइको काम गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।