नेभिगेशन
सबै कुरा

निजामति कर्मचारी सेवामा चौधौँ तह बनाउने सहमति

काठमाडौँ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले संघीय निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुटाएको छ । 

सिंहदरबारमा बिहीबार बसेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भएको छलफलका क्रममा दफा ६ रहेको निजामती सेवाका श्रेणी र तहका बिषयमा सहमति जुटाएको हो । जस अनुसार निजामति कर्मचारी सेवामा चौधौं तह रहने भएको छ ।

Global Ime Bank

त्यस्तै बैठकमा दफा ७ मा रहेको कार्यविवरण र कार्यसम्झौतामा बिषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरुले कुनै स्थानमा सरुवा हुनेबितिकै कार्यमूल्याङ्कन गर्न उचित नहुने धारणा राखेका थिए ।

सांसद रघुजी पन्तले कार्यसम्पादन मूल्याङ्कन गर्दा कार्यप्रकृति बुझेर काम सुरु गरेपनि मात्रै गर्नुपर्ने धारणा राखे । त्यस्तै सांसद हितराज पाण्डले कार्यसम्पादन मूल्याङ्कन गर्दा दुई बर्ष वा समयअवधि तोकेर सरुवा गर्न नपाइने व्यवस्था राख्नुपर्ने बताए । 

उक्त विधेयकमाथि निरन्तर छलफल गर्ने र छिटो निष्कर्षमा पुराउने समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । उनले समितिमा परेको उजुरीहरु अध्ययन गर्नका लागि सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गर्ने निर्णय गरेको बताए । 

यसअघि गत पुष २२ गते बसेको समिति बैठकले उजुरीका सम्बन्धमा अध्ययन गरि टुङ्गोमा पुराउन उपसमिति गठन गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

संसद बैठक स्थगित, अर्को बैठक बिहीबार बस्ने

आज निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का...
रास्वपाको वेल घेराउपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

रास्वपाको वेल घेराउपछि संसद् बैठक आधा घण्टाका लागि स्थगित

निर्धारित समयभन्दा एक घण्टा ढिला सुरु भएको बैठक प्रारम्भ भएलगत्तै प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले उभिएर विरोध गरेका थिए । ‘भिजिट भिसा’का नाममा...
भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

भिजिट भिसा प्रकरणले देशको गरिमा अन्तराष्ट्रिय स्तरमै धुमिल भयोः रास्वपा

‘यसले हाम्रो इज्जत, हाम्रो इज्जत र गरिमा मात्र हैन, अन्तर्राष्ट्रिय जगतमा पनि देशको साख धमिल बनाएको छ। हामी यस्ता अपराधी क्रियाकलाप विरुद्ध निरन्तर सदनमा आवाज उठाइरहेका छौँ र...
आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

आज प्रतिनिधिसभाको बैठक बस्दै,रास्वपाले अवरोध कायम राख्ने

गृहमन्त्रीको राजिनामा र उच्चस्तरीय छानबिन आयोगको माग राख्दै आएको रास्वपाले अडानबाट पछि नहट्ने र संसदमा विरोधका थप कार्याक्रम गर्ने जनाएको छ ।