नेभिगेशन
सबै कुरा

कटारीमा नेकपा माओवादी केन्द्रले दीप प्रज्वलन गर्दै मनायो जनयुद्ध दिवस

उदयपुर । नेकपा माओवादी केन्द्र कटारीले जनयुद्ध दिवस मनाएको छ।  आज कटारीको गोल पार्कमा दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाएको हो। पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनयुद्धको योगदान, उपलब्धि र वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य केपी बरालले जनयुद्धले स्थापित गरेका मूल्य र सिद्धान्तलाई वर्तमान परिस्थितिमा समेत आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। बरालले जनयुद्धका सहिदहरूको योगदानको स्मरण गर्दै जनताको हकहितका लागि माओवादी केन्द्र सधैं प्रतिबद्ध रहने बताए।

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारीका विद्यार्थीहरू, स्थानिय बुद्धिजीवी, तथा सर्वसाधारणको समेत उपस्थिति थियो। सहभागीहरूले जनयुद्धको ऐतिहासिक पक्षबारे चर्चा गर्दै वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलनको आवश्यकता र भूमिका बारे चर्चा गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्रीद्वारा सूूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा छलफल

प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गरे ।
सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे जेनेभा प्रस्थान

सभामुख घिमिरे तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभा प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...
निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

निजी विद्यालयमा अवैध शुल्क असुली : युनिग्लोब स्कुललाई २ लाख ५ हजार जरिवाना

विभागका एक निरीक्षण अधिकृतका अनुसार सो विद्यालयले विद्यार्थीको भर्नाका लागि सिट सुरक्षित गर्न भन्दै २० हजार रुपैयाँ अग्रिम असुल्ने गरेको पाइयो। तर, विद्यार्थीले भर्ना नगरी वा अन्य विद्यालय...
‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

‘एआई’ केवल भविष्यको सपना मात्रै नभई वर्तमानको आवश्यकता होस् सभापति देउवा

सभापति देउवाले भने, “आजको युग विज्ञान र प्रविधिको युग हो, एआई अब केवल भविष्यको सपना होइन, यो अहिलेको आवश्यकता हो । हामीले यसको प्रयोग शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार,...