नेभिगेशन
सबै कुरा

कटारीमा नेकपा माओवादी केन्द्रले दीप प्रज्वलन गर्दै मनायो जनयुद्ध दिवस

उदयपुर । नेकपा माओवादी केन्द्र कटारीले जनयुद्ध दिवस मनाएको छ।  आज कटारीको गोल पार्कमा दीप प्रज्वलन गर्दै जनयुद्ध दिवस मनाएको हो। पार्टीका नेता, कार्यकर्ता तथा विद्यार्थीहरूको सहभागितामा आयोजित कार्यक्रममा जनयुद्धको योगदान, उपलब्धि र वर्तमान राजनीतिक परिवेशबारे छलफल गरिएको थियो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा बोल्दै माओवादीका केन्द्रिय सदस्य केपी बरालले जनयुद्धले स्थापित गरेका मूल्य र सिद्धान्तलाई वर्तमान परिस्थितिमा समेत आत्मसात् गर्दै अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। बरालले जनयुद्धका सहिदहरूको योगदानको स्मरण गर्दै जनताको हकहितका लागि माओवादी केन्द्र सधैं प्रतिबद्ध रहने बताए।

Ncell
Extreme Energy

जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रममा प्राकृतिक श्रोत व्यवस्थापन कलेज कटारीका विद्यार्थीहरू, स्थानिय बुद्धिजीवी, तथा सर्वसाधारणको समेत उपस्थिति थियो। सहभागीहरूले जनयुद्धको ऐतिहासिक पक्षबारे चर्चा गर्दै वर्तमान राजनीतिक परिवेशमा माओवादी आन्दोलनको आवश्यकता र भूमिका बारे चर्चा गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

चाडपर्वमा पनि बाढी प्रभावितको साथमा रेडक्रस

बूढीगण्डकीमा आएको बाढीले सम्पर्कविच्छेद भएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याएको छ।
एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

एनपिएल तेस्रो संस्करण :  आन्द्रे रसेलले विराटनगर किंग्सबाट खेल्ने

वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किंग्स बाट खेल्ने भएका छन्।
कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

कांग्रेसले यसपालि कोजाग्रत पूर्णिमामा चियापान नगर्ने

नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान कार्यक्रम नगर्ने भएको छ।