नेभिगेशन
सबै कुरा

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) काे अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) काे अध्यक्षमा डा बाबुराम भट्टराई निर्वाचित भएका छन् । बिहिबार सम्पन्न मतगणनामा भट्टराईसहितकाे केन्द्रीय पदाधिकारी टीम निर्वाचित भएकाे हाे। भट्टराईसहित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुले आफ्नो पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।   

नवनिर्वाचित अध्यक्ष डा भट्टराईलाई निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् । महाधिवेशनबाट निर्वाचित अध्यक्ष भट्टराईले नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई शपथ ग्रहण गराए । नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित पत्रकार सम्मेलनमार्फत निर्वाचित पदाधिकारीको नाम औपचारिकरुपमा घोषणा गरिएको थियो । 

Global Ime Bank

पार्टी अध्यक्ष डा भट्टराई सात सय ६१ मत प्राप्त गरेर निर्वाचित भएका थिए । अध्यक्ष पदका प्रतिस्पर्धी नेत्र चापागाईंले ७३ मत प्राप्त गरे । उपाध्यक्षमा खस, आर्यतर्फ ईश्वर रिजाल, उपाध्यक्ष आदिवासीतर्फ टेकबहादुर बाठामगर, उपाध्यक्ष मधेसीतर्फ उमेश साह, महासचिव खुलातर्फ सोनामसिंह स्याङ्तान, सचिव महिलातर्फ आशाकुमारी तामाङ, सचिव खुलातर्फ लक्ष्मण कार्की सन्देश र भरतराज दाहाल तथा कोषाध्यक्षमा हरिप्रसाद रिजाल निर्वाचित भएका छन् । मानुषी यमी भट्टराई र दुर्गा सोब यसअघि उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

नवनिर्वाचित अध्यक्ष डा भट्टराईले पार्टीको पहिलो अधिवेशनबाट चयन भएको नयाँ नेतृत्वले जनक्रान्तिको अभियानको थालनी गर्ने बताए । आजदेखि नयाँ जनअभियान सुरु भएको उल्लेख गर्दै उनले समानुपातिक, समावेशी र प्रत्यक्ष निर्वाचन गराउन पार्टी सफल भएको बताए । यही फागुन १० गते काठमाडौँमा केन्द्रीय समितिको बैठक बस्ने अध्यक्ष डा भट्टराईले जानकारी दिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

कुलिङ पिरियडबारे सामान्य प्रशासनमन्त्री भन्छन्, ‘रामहरीजीले पत्तै नदिई संसदमा प्रतिवेदन पेस गर्नुभयो’

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘कुलिङ अफ पिरियड’ को व्यवस्थामा भएको हेरफेरमाथि छानबिन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई आग्रह गरेका छन् ।
रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

रुपन्देहीको चुनाव जनता भर्सेस राणा शासन हो, इतिहास रच्नुपर्छः सागर ढकाल

सागर ढकालले रुपन्देही–३ को उपनिर्वाचनलाई ‘जनता भर्सेस राणा शासन’ को लडाइँको संज्ञा दिएका छन्। सामाजिक सञ्जालमार्फत एक अपिल गर्दै उनले नेपाली राजनीतिमा ऐतिहासिक परिवर्तन ल्याउने सङ्कल्पका साथ मैदानमा...
निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

निजामती सेवा विधेयकमा षड्यन्त्र गर्नेमाथि छानबिन गरेर कारबाही गर्नुपर्छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको दाबी गरेका छन्। मंगलबार पेरिसडाँडामा आयोजित...
कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

कुलिङ पिरियडमा भएको जालसाजी विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगीः बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसदीय समितिले पारित गरेको कुलिङ पिरियडसम्बन्धी जालसाजीपूर्ण ढंगले हटाएर संसदबाट पारित गराएको घटना विश्व इतिहासकै निकृष्ट र लाजमर्दो राजनीतिक ठगी भएको बताएका छन् ।...