नेभिगेशन
सबै कुरा

लिजा र एफआरएमा उत्कृष्ट अङ्क प्राप्त गरेको कटारी नगरपालिकालाई जिससकाे उदयपुरको सम्मान

काठमाडौँ । गत वर्ष स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) र वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)मा उत्कृष्ट अङ्क प्राप्त गरेकोमा  कटारी नगरपालिका सम्मानित भएको छ । बिहीबार सम्पन्न जिल्ला समन्वय समितिको सातौँ जिल्ला सभामा कटारीलाई सम्मानित गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जिल्ला समन्वय प्रमुख गौरबहादुर विश्वकर्मा र जिल्ला समन्वय अधिकारी गजेन्द्र नाथ शर्माले कटारी नगरप्रमुख राजेशचन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेका हुन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको आर्थिकवर्ष २०८०/८१ मा कटारीले लिजातर्फ ९३.२५ अङ्क र एफआरएमा ८३ ल्याएर जिल्लाको उत्कृष्ट सावित भएको थियो । 

Ncell
Extreme Energy

कटारी लिजा र एफआरए दुवैमा जिल्ला ४ नगरपालिका र ४ गाउँपालिका सहित ८ स्थानीयतहमध्ये उत्कृष्ट भएको थियो भने प्रदेशभरीका नगरपालिका मध्ये दोस्रो भएको भन्दै सम्मान गरिएको समन्वय प्रमुख विश्वकर्माले बताए ।

नगर प्रमुख श्रेष्ठका अनुसार, नगरपालिकाले पारदर्शिता, जवाफदेहिता र नागरिक सहभागिता बढाउँदै अघि बढ्ने योजना बनाएको छ। ‘हामीले प्राप्त गरेको यो उपलब्धि नगरवासीहरूकै सहयोग र सशक्त नेतृत्वको परिणाम हो,’ प्रमुख श्रेष्ठले भने ।

त्यस्तै जिससको सम्मानले आगामी दिनमा अझ प्रतिबद्ध भएर नगरलाई समृद्धि बनाउने काममा लागिरहन हौसला मिलेको उनले बताए । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुको आर्थिक कार्यप्रणाली र प्रशासनिक कामकारबाहीमा एकरूपता ल्याउन तथा पारदर्शिता र जवाफदेहिता प्रवर्द्धन गर्न लिजा र एफआरए विधि अपनाउँदै आएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।