नेभिगेशन
सबै कुरा

नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना, चालक त्रिशुलीमा बेपत्ता

काठमाडौँ । नारायणगढबाट काठमाडौँतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको छ । शुक्रबार बिहान करिब ११ बजेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको रोयल इन्फिल्ड बाइक मोटरसाइकल नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत पर्ने चट्टाने भीरमा दुर्घटना भएको हो।  सडक छेउको डिभाइडरमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक त्रिशूलीमा खसेको स्थानीयले बताएका छन् । 

Ncell
Extreme Energy

सो घटनापश्चात चालकको खोजी र उद्दारका लागि नेपाल प्रहरी, सशस्त्रको गोताखोरको टोली परिचालन भइसकेको छ । 

हालसम्म चालकको एकिन पहिचान हुन नसकेपनि उनको झोलाबाट प्रहरीले केही परिचयपत्र फेला पारेको छ जहाँ रोहित राना नाम उल्लेख गरिएको छ । प्रहरीले बेपत्ता चालकको पहिचान निक्र्यौल गर्ने प्रयास भइरहेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।