नेभिगेशन
सबै कुरा

कसैले विरोध गर्दैमा अध्यादेश रोकिँदैनन्ः शङ्कर पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमाले विज्ञान तथा प्रविधि विभागले आज यहाँ आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा उहाँले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले  विरोध गर्दैमा नरोकिन जिकिर गरे । 

Ncell
Extreme Energy

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने धारणा राखे । “अध्यादेशको विरोध गर्दैमा त्यो कोसिस असफल हुन्छ भन्ने नठाने हुन्छ किनकि प्रमुख पार्टीले सोचेरै यो काम गरिएको हो । त्यस अर्थमा विधेयकलाई जसरी पनि टुग्याउँछौँ”, उनले भने, “कसैले विरोध गर्दैमा विधेयक रोकिनेवाला छैन । कुनै पनि विकल्प प्रयोग गरेर त्यसलाई पारित गर्छौं ।”

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरिएको बताउँदै महासचिव पोखरेलले अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने बताए । “मुलुकमा उत्पादनको सम्भावना हेरेर सूचना प्रविधिमा मात्र विदेशमा लगानी गर्न दिएको हो । सूचना प्रविधि क्षेत्रमा कानुन अभावले केही समस्या भए पार्टीमार्फत सरकारसमक्ष सुधारको प्रक्रिया अगाडि बढाउँछौँ । अध्यादेशले सुधारका लागि पहल गरेको छ”, उनका भनाई थियो ।   

कार्यक्रममा विभागका प्रमुख टङ्क कार्कीले सूचना प्रविधिमा भएका अस्पष्ट कानुनलाई सरकारले संशोधन गर्नुपर्ने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटनमा ३६२ वर्ष पुरानो अष्टमातृका नाच, १३ देवगणको तान्त्रिक नृत्य

पाटन दरबार क्षेत्रस्थित मूलचोकमा ऐतिहासिक अष्टमातृका नाच (गँः प्याखँ) प्रस्तुत गरिएको छ। नेवार सभ्यता, शक्तिको उपासना र तान्त्रिक परम्परासँग जोडिएको यो नाचमा १३ देवगणले आ–आफ्नो विशिष्ट मुद्रा, भेषभूषा...
एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

एमालेसँग सहकार्य गरी मधेस सरकारमा जाने निर्णय भएको छैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा (एमाले)सँग सहकार्य गरी मधेस सरकारमा सहभागी हुने विषयमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन्।
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...