नेभिगेशन
सबै कुरा

बालुवाटारमा सत्तासाझेदार दलको बैठक जारी


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । सत्तारुढ राजनीतिक दल र सरकार समर्थक दलका शीर्ष शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवासमा बसिरहेको छ । 

Ncell
Extreme Energy

बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी छन् । 

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशलगायत विषयमा छलफल जारी छ । यसअघि शुक्रबार एमाले र कांग्रेसका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सम्पन्न थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको...
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।