नेभिगेशन
सबै कुरा

वन अतिक्रमण गरेर बनाइएका टहरा प्रहरी परिचालन गरी हटाइयो

झापा । वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए । सशस्त्र प्रहरी, नेपाल प्रहरी र वनरक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए । 

Ncell
Extreme Energy

वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए ।

स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए । स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए । “अर्को स्थानमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न समय लाग्छ, १० दिन म्याद दिनुहोस् भनेर वन डिभिजन र प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्यौँ”, नगरप्रमुख बुढाथोकीले भने, “तर वन डिभिजन कार्यालयले मानेन ।”

चारआली बजारको पश्चिममा रहेको सो स्थान प्रगति सामुदायिक वनअन्तर्गत रहेको छ । सालका रुख रहेको उक्त स्थान दुई दशकयता अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमित स्थानका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् ।

वन डिभिजन कार्यालयका प्रमुख राईले पहिलो चरणमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाइएको जानकारी दिँदै कसैले पक्की संरचना बनाएको रहेछ भने वनक्षेत्रको सीमा अध्ययन गरेर भावी दिनमा म्याद दिएर हटाइने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।