नेभिगेशन
सबै कुरा

अध्यादेशलाई संसदमा अघि बढाउने सत्तारुढ दलको निर्णय, पास गर्न बहुमत पुग्ने दावी

काठमाडौँ । सत्तारुढ दलहरुले सरकारले जारी गरेको अध्यादेशलाई संसदमा अघि बढाउने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको सत्तारुढ दलको बैठकले सवै दलहरुसंग छलफल गरेर अध्यादेशलाई अघि बढाउने निर्णय भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संघीय संसदमा रहेका सवै दलहरुसंग छलफल गरेर फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकमा अध्यादेश निर्णयार्थ प्रस्तुत हुने बैठकपछि गृहमन्त्री रमेश लेखकले जानकारी दिए । उनले अध्यादेशलाइ पारित गर्नका लागि बहुमत पुग्ने दावी गरे । 

Ncell
Extreme Energy

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र उपाध्यक्ष राजकिशोर यादवसंग फोनमा कुराकानी भएको र अध्यादेशमा समर्थन गर्ने सहमति भएको लेखकले बताए । उनले भूमिसम्बन्धी अध्यादेश लगाएत अन्य अध्यादेशमा देखिएका असन्तुष्टिलाई प्रतिष्थापन विधेयकमार्फत समाधान गरिने जानकारी दिए । 

उनले संविधान संशोधनका लागि कांग्रेस–एमालेले कार्यदल बनाएर चरणबद्ध रुपमा काम गर्ने उल्लेख गरे ।

बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेर बहादुर देउवा, एमाले–कांग्रेसका अन्य नेता, समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको...
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।