नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओली पावरमा पुगेपछि संविधान च्यात्न खोज्छन्ः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी ओली पावरमा पुगेपछि संविधान च्यात्न तत्पर भएको आरोप लगाएका छन् । शनिबार झापाको दमकमा आयोजित खवरदारीसभालाई सम्बोधन गर्दै उनले ओलीलाई संविधानले नागरिकलाई दिएको अधिकार मन नपरेको दावी गरे । उनले अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अहिलेका प्रधानमन्त्री केपी ओली जी संविधान बनाउने बेला संघीयता नै ठिक छैन, यो समानुपातिक समावेशी भनेर महिलालाई, दलितलाई, आदिवासी जनजातीलाई अधिकार दिएको पनि मलाई मनपर्या छैन । तर के गर्नु माओवादीले आँधिहुरी ल्यायो, मान्नैपर्यो, सबैले माने भन्ने मान्छे केपी ओली जी हो ।’ उनले भने, ‘त्यसकारण उहाँ जतिबेला पावरमा पुग्नुहुन्छ, उहाँ यो संविधान च्यात्न खोज्नुहुन्छ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । 

शनिबार झापाको दमकमा आयोजित खवरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको समेत बताए । 

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेश, समानुपातीक प्रणाली मन नगरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए । 

अध्यक्ष प्रचण्डले आफ् पटक पटक प्रधानमन्त्री हुँदा देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गरे । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा महँगी र कमजोर सार्वजनिक सेवाविरुद्ध उग्र प्रदर्शन, सहरका भवनमा आगजनी र लुटपाट

फ्रान्समा बढ्दो महँगी, इन्धनको मूल्य, विद्यालयको कमजोर अवस्था र सार्वजनिक सेवामा देखिएको समस्याविरुद्ध भएको प्रदर्शन शनिबार, अक्टोबर १७ मा देशव्यापी रूपमा फैलिएको छ।
कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

कोलकाताको दुर्गा पूजामा भागदौड: १९ जनाको मृत्यु, २४ घाइते

भारतको कोलकातास्थित प्रसिद्ध चोरबागान दुर्गा पूजा पण्डालमा शनिबार साँझ भीषण भागदौड मच्चिँदा १९ जनाको ज्यान गएको छ। यो दुर्घटनामा २४ जना घाइते भएका छन्, जसमा एक जनाको अवस्था...
२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

२१ दिनपछि सञ्चालनमा आयो कालीगण्डकी करिडोर प्रसारण लाइन

गत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना–राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको...
१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

१२ शय्याबाट सुरु भएको यात्रा : करोडौँ आँखामा दृष्टिको उज्यालो

कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा समस्या देखिए उपचारका लागि काठमाडौँ वा भारतका विभिन्न सहर पुग्नुपर्ने बाध्यता थियो।