नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओली पावरमा पुगेपछि संविधान च्यात्न खोज्छन्ः प्रचण्ड

झापा । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी ओली पावरमा पुगेपछि संविधान च्यात्न तत्पर भएको आरोप लगाएका छन् । शनिबार झापाको दमकमा आयोजित खवरदारीसभालाई सम्बोधन गर्दै उनले ओलीलाई संविधानले नागरिकलाई दिएको अधिकार मन नपरेको दावी गरे । उनले अहिले एकथरि शक्तिहरु संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए । 

‘अहिलेका प्रधानमन्त्री केपी ओली जी संविधान बनाउने बेला संघीयता नै ठिक छैन, यो समानुपातिक समावेशी भनेर महिलालाई, दलितलाई, आदिवासी जनजातीलाई अधिकार दिएको पनि मलाई मनपर्या छैन । तर के गर्नु माओवादीले आँधिहुरी ल्यायो, मान्नैपर्यो, सबैले माने भन्ने मान्छे केपी ओली जी हो ।’ उनले भने, ‘त्यसकारण उहाँ जतिबेला पावरमा पुग्नुहुन्छ, उहाँ यो संविधान च्यात्न खोज्नुहुन्छ ।’

त्यस्तै उनले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन् । 

शनिबार झापाको दमकमा आयोजित खवरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ सङ्कल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको समेत बताए । 

आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले अहिलेको प्रधानमन्त्री केपी ओलीलाई संघीयता, समावेश, समानुपातीक प्रणाली मन नगरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए । 

अध्यक्ष प्रचण्डले आफ् पटक पटक प्रधानमन्त्री हुँदा देशभित्र र देशबाहिर नयाँ रेकर्डहरु बन्न थालेपछि दलाल, भ्रष्ट र बिचौलियाहरुले सरकार ढालेको स्पष्ट गरे । अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले दावी गरे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण

मधेश प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको छ । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले...
गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

निर्माण व्यवसायीले गत आर्थिक वर्षभित्रमा गर्नुपर्ने काम पूरा नगरेपछि रु १० करोड ५४ लाख ३० हजार १७० फिर्ता भएको हो ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ ।  साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान...
गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा मोरङ जिल्ला विराटनगरका करिव २८ वर्षीय सुजन ढकाल र मोरङ बेलवारीका  मनोज न्यौपाने रहेका छन् ।