नेभिगेशन
सबै कुरा

पाथीभरा क्षेत्रमा हिमपात


ताप्लेजुङ । गएराति सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको छ । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले सामान्य वर्षासँगै पाथीभरा क्षेत्रमा हिमपात भएको र  यसअघि गत पुस र माघमा दुई पटक हिमपात भएको जानकारी दिए । 

तीन हजार सात सय ९४ मिटरको उचाइमा पर्ने पाथीभरामा हिमपातसँगै उक्त क्षेत्रमा चिसो बढेको छ ।  पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले वर्सेनि हिउँ परेपछि  पाथीभरामा आन्तरिक धार्मिक पर्यटकको आगमन बढ्ने गरेको बताए ।

यस वर्ष हिउँदमा पर्याप्त वर्षा नहुँदा बालीनाली भने फस्टाउन सकेको छैन । वर्षा नहुँदा हिउँदे बालीनाली गहुँ, जौ, आलुलगायत बालीनाली फस्टाउन नसकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता

सिन्धुलीका एकै परिवारका १६ जना रहस्मयी तरिकाले बेपत्ता

सिन्धुली जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरी एकै परिवारका १६ जना सदस्यहरु बेपत्ता भएका छन् । उर्मिला हायुको १६ जनाको परिवार आइतबार रातिदेखि बेपत्ता...
सहोदर दाजुको हत्या गरी फरार युवक पक्राउ

सहोदर दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
गोसाइँकुण्ड स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

गोसाइँकुण्ड स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

उनीहरु मामा फुपुका छोराहरु हुन् । हिजोदेखि बेपत्ता उनीहरुको शव आज फेला परेको प्रहरीले जनाएको छ ।
एमसिसी निरन्तरताको पत्र प्राप्त भएको अर्थ मन्त्रालयद्वारा जानकारी

एमसिसी निरन्तरताको पत्र प्राप्त भएको अर्थ मन्त्रालयद्वारा जानकारी

“नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थमन्त्रालयले आज जारी...