नेभिगेशन
सबै कुरा

तोलामा २ हजार ७ सयले घट्यो सुनको मूल्य


काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा  आज सुन प्रतितोला रु दुई हजार ७०० र चाँदी रु १५ले घटेको हो । 

गत शुक्रबार प्रतितोला सुन रु एक लाख ७० हजार २०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६७ हजार ५०० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु १५ ले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ५५ निर्धारण गरिएको छ ।

अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सहोदर दाजुको हत्या गरी फरार युवक पक्राउ

सहोदर दाजुको हत्या गरी फरार युवक पक्राउ

सिराहा जिल्लाको गोलबजार नगरपालिका–१०, मुसहर्नियाका करिब २५ वर्षीय श्यामकुमार सदाले आफ्नै सहोदर दाजु ३५ वर्षीय मोतीराम सदाको धारिलो हतियार प्रयोग गरी गत बिहीबार साँझ हत्या गरेका थिए ।
गोसाइँकुण्ड स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

गोसाइँकुण्ड स्नान गर्ने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला

उनीहरु मामा फुपुका छोराहरु हुन् । हिजोदेखि बेपत्ता उनीहरुको शव आज फेला परेको प्रहरीले जनाएको छ ।
एमसिसी निरन्तरताको पत्र प्राप्त भएको अर्थ मन्त्रालयद्वारा जानकारी

एमसिसी निरन्तरताको पत्र प्राप्त भएको अर्थ मन्त्रालयद्वारा जानकारी

“नेपाल सरकार र उक्त निकायबीच २०७४ साल भदौ २९ गते सम्पन्न कम्प्याक्ट सम्झौता गत माघ ७ गतेको अमेरिकी राष्ट्रपतिको आदेशअनुसार पुनरावलोकनका लागि स्थगित भएको थियो”, अर्थमन्त्रालयले आज जारी...