नेभिगेशन
सबै कुरा

सर्वसाधारण जल्दा गाडीको हुटमा उद्धार, मन्त्रीज्यू र मेयरलाई हेलिकप्टरमा : बिन्दवासिनी कंसाकार


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद बिन्दवासिनी कंसाकारले सर्वसाधारण नागरिकलाई उपचारमा विभेद गरिएको बताइन् । आइतबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर बोल्दै उनले पोखरामा भएको बेलुन दुर्घटनामा घाइते भएकाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै जलन उपचारमा शिर्ष तहका नेताले पाउने सरहको उपचार सर्वसाधारण नागरिकले पाउन नसकेको बताइन् । 

सांसद कशांकारले काठमाडौँको कमलपोखरीस्थित शानदार मम सेन्टरमा भएको आगलागीलाई सो घटनासँग जोड्दै कमलपोखरीका घाइतेलाई गाडीको हुटमा राखेर उद्दार गरिएको तर नेतालाई भने हेलिकप्टरमा उद्दार गरिएको बताइन् । ‘अस्ति भर्खर शानदार ममःमा ग्याँस विस्फोट हुँदा सर्वसाधारण जल्दा एम्बुलेन्स नपाएर गाडीको हुटमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।,’सांसद कशांकारले भनिन्, ‘आज मन्त्रीज्यु र मेयरज्युलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।’ 

त्यस्तै उनले जलन जसलाई जहाँ जुन बेला पनि हुन सक्ने र यसले ठूलो मान्छे र जो पनि पीडित हुन सक्ने, ज्यान जान सक्ने र अपांगता हुन सक्ने भन्दै आफूले संसद्मा गैरसरकारी विधेयक दर्ता गरेको तर त्यो अघि बढ्न नसकेको बताइन् । त्यस्तै उनले जलन विधेयक पारित गरेर जलन उपचार केन्द्र स्थापना गर्न आग्रह गरिन् ।.



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...