नेभिगेशन
सबै कुरा

रास्वपा धादिङ काठमाडौँ सम्पर्क समितिको सभापतिमा अजय श्रेष्ठ चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धादिङ काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ चयन भएका छन । धादिङ जिल्लामा स्थायी घर भएका र धादिङ जन्मथलो रहेर काठमाडौँमा रहने रास्वपाका समर्थक तथा शुभेच्छुकहरुको भेलाले शनिबार श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागको उपसभापतिमा विष्णु सिलवाल, सचिवमा उज्वल श्रेष्ठ चयन भएका छन । साथै धादिङका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि सदस्यहरू विभागमा समेटिएको रास्वपा धादिङका सचिव मिनबहादुर अधिकारीले जानकारी दिए ।

Marvel

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय तथा प्रादेशिक विभागका पदाधिकारी, बागमती प्रदेश समितिका पदाधिकारी, धादिङ जिल्लाका पदाधिकारी लगायतको सहभागिता थियो ।

कार्यक्रममा कार्यवाहक सभापति अर्यालले विभागका पदाधिकारीहरूलाई शुभकामना दिँदै जनताको साथमा रहेर पार्टीको हितमा काम गर्न निर्देशन दिएका थिए । सम्पर्क विभाग तथा जिल्लागत रुपमा उदाहरणीय काम गरेर देखाउन समेत अर्यालको सुझाव थियो ।

कार्यक्रममा धादिङका विभिन्न स्थानीयतहबाट रास्वपाको सदस्यता लिएका नयाँ सदस्यहरूलाई ब्याच लगाइदिएर अर्यालले  पार्टीमा स्वागत गरे। धादिङ जिल्ला सभापति सूर्यमणि पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागमा चयन भएका पदाधिकारीहरूलाई केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोले विभिन्न सडक अवरुद्ध, कान्तिलोकपथमा राति सवारी चलाउन रोक

बाढीपहिरोका कारण गोरखा, काभ्रेपलाञ्चोक र सुर्खेतका विभिन्न सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोले तीन जिल्लाका सडकमा यातायात प्रभावित भएको हो ।
रास्वपाले बोलायो सचिवालय बैठक

रास्वपाले बोलायो सचिवालय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शनिबार बिहान ११ बजे बस्दैछ।
मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् भन्छन्- आज अपराह्नदेखि वर्षा कम हुँदै जान्छ

मौसमविद् विनोद पोखरेलले शनिबार अपराह्नदेखि वर्षा क्रमशः कम हुँदै जाने र आइतबारदेखि मौसम खुल्ने पूर्वानुमान गरेका छन् ।
पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

पत्रकार पक्राउ गरेको विषयमा प्रहरीको स्पष्टीकरण- प्रधानमन्त्री कार्यालयको चासोमा साइबर ब्युरो सक्रिय भएको हो

नेपाल प्रहरीले पछिल्ला दिनमा प्रहरीविरुद्ध सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा गलत समाचार र सन्देश प्रचार भइरहेको भन्दै त्यसबारे जानकारी लिन साइबर ब्युरोले केही सञ्चारकर्मीलाई बोलाएको प्रष्टीकरण दिएको छ।