नेभिगेशन
सबै कुरा

रास्वपा धादिङ काठमाडौँ सम्पर्क समितिको सभापतिमा अजय श्रेष्ठ चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धादिङ काठमाडौँ सम्पर्क विभागको सभापतिमा अजय श्रेष्ठ चयन भएका छन । धादिङ जिल्लामा स्थायी घर भएका र धादिङ जन्मथलो रहेर काठमाडौँमा रहने रास्वपाका समर्थक तथा शुभेच्छुकहरुको भेलाले शनिबार श्रेष्ठको सभापतित्वमा १७ सदस्यीय सम्पर्क विभाग गठन गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागको उपसभापतिमा विष्णु सिलवाल, सचिवमा उज्वल श्रेष्ठ चयन भएका छन । साथै धादिङका सबै स्थानीय तहबाट प्रतिनिधित्व हुने गरि सदस्यहरू विभागमा समेटिएको रास्वपा धादिङका सचिव मिनबहादुर अधिकारीले जानकारी दिए ।

Ncell
Extreme Energy

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डिपी अर्यालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सह महामन्त्री तथा प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ, केन्द्रीय सदस्य उपेन्द्र पाण्डे, केन्द्रीय तथा प्रादेशिक विभागका पदाधिकारी, बागमती प्रदेश समितिका पदाधिकारी, धादिङ जिल्लाका पदाधिकारी लगायतको सहभागिता थियो ।

कार्यक्रममा कार्यवाहक सभापति अर्यालले विभागका पदाधिकारीहरूलाई शुभकामना दिँदै जनताको साथमा रहेर पार्टीको हितमा काम गर्न निर्देशन दिएका थिए । सम्पर्क विभाग तथा जिल्लागत रुपमा उदाहरणीय काम गरेर देखाउन समेत अर्यालको सुझाव थियो ।

कार्यक्रममा धादिङका विभिन्न स्थानीयतहबाट रास्वपाको सदस्यता लिएका नयाँ सदस्यहरूलाई ब्याच लगाइदिएर अर्यालले  पार्टीमा स्वागत गरे। धादिङ जिल्ला सभापति सूर्यमणि पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभागमा चयन भएका पदाधिकारीहरूलाई केन्द्रीय सदस्य उपेन्द्र पाण्डेले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै