नेभिगेशन
सबै कुरा

मेडिकल बुलेटिनः कस्तो छ उपप्रधान तथा अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था ?

काठमाडौँ । शनिबार पोखरामा भएको हाइड्रोजन बेलुन बिस्फोटनमा परेका उपप्रधान एवम् अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको अस्पतालले जनाएको छ । 

भर्खरै एक मेडिलक बुलेटिन सार्वजनिक गर्दै किर्तिपुर बर्न अस्पतालले यस्तो जानकारी दिएको हो । अस्पतालका निर्देशक डा। किरण कुमार नकर्मीकाअनुसार उपचाररत घाइतेहरूको पोलेको घाउ सेकेन्ड डिग्री सुप्परफेसियल गहिराइ भएको पाइएको छ।

घाउको अवस्था यथावत रहे शल्यक्रिया गर्न नपर्ने पनि अस्पतालले जनाएको छ । जलनका कारण फोक्सो र श्वासनलीमा पर्ने असर अझै हेर्न बाँकी रहेको भन्दै अपस्तालले उहाँहरूसँगको भेटघाट पूर्णत बन्द गरिएको पनि जनाएको छ।

शनिबार पोखरा भ्रमण वर्ष उद्‌घाटन समारोहको उद्‌घाटन सत्रमा बेलुन बिस्फोट हुँदा उनीहरु घाइते भएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र...
जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो ।  सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न...
लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

आज युवा तथा खेलकुद मन्त्री बनेका पाण्डेय प्रदेश सरकारमा चौथोपटक मन्त्री बनेका हुन् ।
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई...