नेभिगेशन
सबै कुरा
अपडेटः

हलेसीको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा, ३ घरमा पूर्णरुपमा क्षति

खोटाङ । खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयको प्रयासपछि करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको हो । 

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय सरकार र स्थानीय खटिएका प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए । साँझ साढे ६ बजेतिर सुरु भएको आगलागी केही समय पहिले नियन्त्रणमा आएको हो । 

आगलागीबाट तीनवटा घरमा पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट पदम राई, प्रकाश गिरी र ऐराख राईको घरमा क्षति पुगेको हो । त्यस्तै अन्य साना टहरामा समेत क्षति पुगेको स्थानीयले जनाएका छन ।

खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको थियो । ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको थियो ।  आगो निभाउन पानी अभाव हुँदा समस्या भएको थियो । 

आगलागीबाट करोडौँको क्षति भएको अनुमान लगाउन सकिएपनि यकिन विवरण भने आइनसकेको प्रजिअ राईले बताए । आगलागीबाट भौतिक क्षति भएपनि मानविय क्षति भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र...
जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो ।  सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न...
लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

आज युवा तथा खेलकुद मन्त्री बनेका पाण्डेय प्रदेश सरकारमा चौथोपटक मन्त्री बनेका हुन् ।
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई...