नेभिगेशन
सबै कुरा
अपडेटः

हलेसीको आगलागी करिब ४ घण्टापछि नियन्त्रणमा, ३ घरमा पूर्णरुपमा क्षति

खोटाङ । खोटाङको हलेसी बजारमा भएको आगलागी नियन्त्रणमा आएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकाय, स्थानीय सरकार र स्थानीयको प्रयासपछि करिब ४ घण्टापछि आगो नियन्त्रणमा आएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हलेसी बजारस्थित पदम राईको ग्यास पसल भएको घरमा भएको आगलागी नियन्त्रणका लागि जिल्लास्थित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका साथै स्थानीय सरकार र स्थानीय खटिएका प्रमुख जिल्ला अधिकारी हिराधन राईले बताए । साँझ साढे ६ बजेतिर सुरु भएको आगलागी केही समय पहिले नियन्त्रणमा आएको हो । 

Ncell
Extreme Energy

आगलागीबाट तीनवटा घरमा पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट पदम राई, प्रकाश गिरी र ऐराख राईको घरमा क्षति पुगेको हो । त्यस्तै अन्य साना टहरामा समेत क्षति पुगेको स्थानीयले जनाएका छन ।

खाना पकाउने क्रममा ग्यास चुहिएपछि आगलागी सुरु भएको थियो । ग्यास सिलिन्डर पसलसमेत भएको घरमा आगो निभाउन नसक्दा नजिकैका अन्य घरमा समेत आगो फैलिएको थियो ।  आगो निभाउन पानी अभाव हुँदा समस्या भएको थियो । 

आगलागीबाट करोडौँको क्षति भएको अनुमान लगाउन सकिएपनि यकिन विवरण भने आइनसकेको प्रजिअ राईले बताए । आगलागीबाट भौतिक क्षति भएपनि मानविय क्षति भने भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।