नेभिगेशन
सबै कुरा

जनकपुरका निजी अस्पतालमा मुख्यमन्त्रीको छड्के, अवैध ४ अस्पताल बन्द

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रादेशिक राजधानी जनकपुरधामस्थित निजी अस्पतालहरूमा केहि दिनदेखि छड्के अनुगमन गरिरहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह र मन्त्रालयका अधिकारीहरूसहितको टोलीले जनकपुरधामको ब्रह्मपुरीस्थित कृष्णा मेडिकलएन्ड टेक्निकल रिसर्च सेन्टर, ब्रह्मपुरीमै रहेका गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालि र नवजीवन हस्पिटल, साकेतनगरस्थित वैदेही हस्पिटल प्रालि, जनक मेमोरियल हस्पिटल र जनकपुर मोडल हस्पिटल, रामानन्दचोक नजिकका जनकपुर गोदावरी हस्पिटल, कृष्ण हस्पिटल प्रालि र एडभान्स सिटी स्क्यानको अनुगमन गरेका छन् ।

Ncell
Extreme Energy

अनुगमन गरिएका अस्पतालमध्ये जनक मेमोरियल हस्पिटल, जनकपुर मोडल हस्पिटल, जनकपुर गोदावरी हस्पिटल र कृष्णा हस्पिटल प्रालि बन्द गरिएका छन् । ब्रह्मपुरीस्थित कृष्णा मेडिकल एन्डटेक्निकल रिसर्च सेन्टरलाई फोहरमैला छुट्टै व्यवस्थापन गर्न निर्देशन दिइएको छ । दर्ता नरहेको ब्रह्मपुरीस्थित गीताश्री इएनटी स्पेसियालिटी क्लिनिक प्रालिलाई कागजपत्र लिएर सोमबार ११ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ ।

ब्रह्मपुरीस्थित नवजीवन हस्पिटलले गत चार वर्षदेखि र साकेतनगरस्थित वैदेही हस्पिटल प्रालिले दुई वर्षदेखि नवीकरण नगराएकाले सोमबार ११ बजे कागजपत्रसहित सञ्चालकलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको छ । एडभान्स सिटी स्क्यानले दुई वर्ष छ महिनादेखि नवीकरण गराएको छैन ।

आजबाट बन्द गरिएको जनकपुर मोडल हस्पिटलका सञ्चालकलाई अस्पतालमा जडान गरिएका सिसीटिभीका शनिबार र आइतबारका फुटेज लिएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोष ठाकुरले जानकारी दिए ।

बन्द अवस्थामा पनि अस्पतालमा बिरामीको उपचार भइरहेको आशङ्कामा अस्पताल सञ्चालकलाई सिसीटिभी फुटेजसहित बोलाइएको ठाकुरले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वसीईओ सुशील भट्ट किन परे पक्राउ?

लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन्।
अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

अपडेट- सिन्धुलीमा जिप सुनकोशीमा खस्दा तीन महिलाको मृत्यु

सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गबाट यात्रुवाहक जिप सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ।
सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा सुमो सुनकोशीमा खस्यो, तीन जनाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो गाडी सिन्धुलीमा सुनकोशी नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोले तीन स्थानमा सडक अवरुद्ध, बेनी–जोमसोम सडक एकतर्फी सञ्चालन

बाढीपहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्।