नेभिगेशन
सबै कुरा

सुमना भन्छिन्ः 'विद्रोहको स्वर चर्को हुन्छ,परिवर्तनको चाहना र विद्रोहका आवाज सुनौँ'

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सुमना श्रेष्ठले सरकारले सीमान्तकृत समुदायका आवाज सम्बोधन नगरी उल्टै चरित्रहत्या गर्न लागेको आरोप लगाएकी छिन्। सामाजिक सञ्जालमा उनले परिवर्तन र विद्रोहको आवाजलाई अराष्‍ट्रिय तत्व, विदेशी दलाल, परिचालितजस्ता शब्द भनेर बदनाम गर्ने प्रयास भइरहेको लेखेकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सुमना लेख्छिन्, ‘सत्ताले परिवर्तन र विद्रोहको आवाजलाई ‘अराष्‍ट्रिय तत्त्व’, ‘विदेशी दलाल’, ‘परिचालित’ आदि भनेको त हामी सुन्दै आएका हौँ। अहिलेका सत्तासीन दल र नेताहरूलाई समेत परिवर्तनको पक्षमा बोलेका बेला यस्तै भनिएको थियो होला। तर दुर्भाग्य के छ भने अहिले लोकतान्त्रिक गणतन्त्रमा पनि सीमान्तकृत समुदायका आवाजलाई सरकारले सुन्ने हैन दबाउने, माग सम्बोधन गर्ने हैन यस्ता आवाज बोल्नेहरूको चरित्रहत्या गर्नेतिर लागेको छ।’ पूर्वदेखि पश्चिमसम्मका सामाजिक विभेद र अत्याचारविरुद्धका आवाजलाई राज्यले सुन्नुपर्ने उनको माग छ। 

विद्रोहको स्वर सधैँ चर्को हुन्छ, तर हिंसाको जगमा उभिएका सत्तारुढ दलले लोकतन्त्र र समानताको कुरा गर्ने, तर व्यवहारमा दलित र आदिवासी जनजातिमाथि ज्यादती गरेको भन्दै उनले प्रश्न गरेकी छिन्। उनी लेख्छिन्, ‘निरङ्कुश शासनविरुद्ध ‘झापा विद्रोह’ गर्दा होस् या ‘विमान अपहरण’ को तयारी गर्दा कसैले तपाईँहरूको अडियो रेकर्ड गरी सार्वजनिक गरेको भए के प्रतिक्रिया दिनुहुन्थ्यो? विद्रोहको स्वर जहिल्यै चर्को हुन्छ। हिंसालाई बढावा दिने कुरा हामी कसैले समर्थन गर्दैनौँ तर हिंसाकै जगमा उभिएका सत्तारुढ दुई दलले एकैपटक लोकतन्त्रका कुरा पनि गर्ने अनि ‘हाम्रो आस्थामाथि प्रहार नगर’ भन्ने नागरिकमाथि गोली प्रहार पनि गर्ने? संसद्‌मा ‘समानता’ मेरो जीवन मूल्य हो पनि भन्ने अनि दलित भएकै कारण प्रेम गर्ने युवकमाथि प्रहरी लगाएर ज्यादती पनि गर्ने?’

बैतडीमा एक दलित युवाले आमाको शव उठाउन मलामी नपाएको घटना उनले उल्लेख गरेकी छिन्। उनका अनुसार लोकतन्त्र बलियो त्यतिबेलामात्र हुन्छ जब सबैलाई न्याय महसुस हुन्छ। उनी भन्छिन्, ‘आदिवासी र दलितलाई प्रताडित गरेर न लोकतन्त्र बच्छ न समाजवाद आउँछ। परिवर्तनको चाहना र विद्रोहका आवाजलाई सुनौँ, समेटौँ। कतै ढिला नहोस्!’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ ।
राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

राष्ट्रिय सभाको बैठक बस्दै, धेरै नागरिकलाई राहत हुनेगरी सरकारले ल्याएको नयाँ विधेयकमा छलफल हुँदै

संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।
संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

संसद्‍मा किन पुगेन कोरम ? यसो भन्छिन् आशिका तामाङ

प्रतिनिधि सभा बैठकमा कोरम नपुगेर बैठक स्थगित भएपछि अहिले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको आलोचना भइरहेको छ ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।