नेभिगेशन
सबै कुरा

उत्तरी गोरखाको नुब्री भ्यालीमा हिमपात, हर्षित स्थानीय

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ । गएरातिदेखि यसपटकको हिउँदमा अहिलेसम्मकै भारी हिमपात भइरहेको स्थानीयवासी निमा लामाले जानकारी दिए । ‘‘लामो सुख्खापछि गएरातिदेखि दोस्रो पटक हिउँ परेको हो,’ उनले भने ‘‘दुई दिन अगाडि सामान्य हिउँ परेको भए तापनि अहिले परेको हिउँ यो यामनै सबैभन्दा ठूलो हिमपात हो ।’’

नुब्री भ्याली भनेर चिनिने उत्तरी गोरखाको सबैभन्दा उत्तरतर्फ गाउँ साम्दोदेखि तलसम्म रहेको सामागाउँ र स्यालासम्म हिउँ परेको लामाको भनाइ छ । मध्यराति १२ बजेदेखि सुरु भएको हिमपात लगातार परिरहेको छ । साम्दोमा जमिनबाट करिब एक फिटभन्दा माथिसम्म हिउँ जमेको छ । तल स्याँलासम्म हिउँ परेको छ । 

भारी हिमपातका कारण नुब्री भ्याली, सामागाउँ र स्याला क्षेत्रका स्थानीयवासीको जनजीवन प्रभावित भएको छ । टेलिफोन र इन्टरनेट सेवामासमेत समस्या भइरहेको लामाले बताए। 

‘‘सोलारबाट चल्ने टेलिफोन र इन्टरनेट कहिले आउने कहिले जाने भइरहेको छ’ उनले भने, ‘‘हिउँ पर्न नरोकिदासम्म सबै सेवा प्रभावित हुने देखिन्छ ।’’हिमपातकै कारण शनिबार साँझ त्यसक्षेत्रमा पुगेका स्वदेशी तथा विदेशी पर्यटकसमेत समस्यामा परेको पथप्रर्दशक सूर्य खनालले जानकारी दिए ।  ‘‘पर्यटकलाई लिएर लार्केपास जानसक्ने अवस्था छैन’, उनले भने, ‘‘पर्यटकसहित हामी साम्दोको होटलमा आश्रय लिएर बसिरहेका छौँ ।’’ मनास्लु पदमार्गको उक्त क्षेत्र भएर मनास्लु हिमाल आरोहण गर्ने तथा लार्केपास गरी मनाङ जाने पर्यटक प्रभावित भएको उनको भनाइ छ ।

यता लामोसमयपछिको हिमपात सुरु भएसँगै स्थानीयवासी खुसी भएका छन् । हिउँले जीवन प्रभावित पार्ने भए पनि अन्नबाली उत्पादन राम्रो हुने भएका कारण स्थानीयवासी खुसी भएका हुन् । स्याला क्षेत्रका स्थानीय कृषकले यसअघि नै करु रोपेको तर उम्रन नपाएकोले यो हिमपातसँगै करुखेती राम्रो हुने भएकाले खुसी भएका हुन् । त्यस्तैगरी सामागाउँ र साम्दोमा अबको एक महिनापछि खेतीपाती सुरु हुने भएकोले हिउँले जमिन खुकुलो हुने र खेती गर्न सहज हुने लामाले बताए। सामागाउँ र साम्दोमा करु, जौ, आलु, फापर र चरुको खेती हुने गर्दछ । चुमभ्याली तर्फभने मौसम मात्र बदली रहेको र अवस्था सामान्य रहेको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

‘श्रम संसार’ पोर्टललाई थप सुधार र व्यवस्थित गरिदै

श्रम संसारमा कन्सुलर सेवासहित विस्तार गरिएकाले विदेशी भूमिमा नेपालीलाई थप सुविधा उपलब्ध भएको मन्त्री भण्डारीले बताए । “यस पोर्टलमा ‘च्याट बट’को  व्यवस्था गर्दैछौँ । प्रयोगलाई थप सरल र...
जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

जलस्रोत विधेयकमाथिको दफावार छलफल अन्तिम चरणमा

विसं २०८१ जेठ २१ गते सदनमा प्रस्तुत भएको सो विधेयक प्रतिनिधिसभाबाट २०८२ जेठ ५ गते पारित भएको थियो ।  सरकारले जलस्रोतको उपयोग, संरक्षण, एकीकृत र समन्वयात्मक विकास गर्न...
लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

लुम्बिनी सरकारमा चौँथो पटक मन्त्री बनेका पाण्डेले लिए युवा तथा खेलकुदमन्त्रीको शपथ

आज युवा तथा खेलकुद मन्त्री बनेका पाण्डेय प्रदेश सरकारमा चौथोपटक मन्त्री बनेका हुन् ।
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु

हालसम्म मोरङमा ९१३, झापा ८९७, सुनसरी ३७७, उदयपुरमा २७५, भोजपुर २२६, धनकुट्टा १४३, ओखलढुङ्गा १२१, पाँचथर ७०, खोटाङ १०, ताप्लेजुङ दुई, इलाम पाँच, सोलुखुम्बु ६ र तेह्रथुम दुई...