नेभिगेशन
सबै कुरा

उडिसा घटनाबारे सरकारले कुटनीतिक पहल गरिरहेको छः प्रधानमन्त्री


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको घटनामा आफूलाई जानकारी भएको बताएका छन् । उनले उक्त विषयमा सरकारले कुटनीतिक पहल गरिरहेको बताएका छन् ।

Ncell
Extreme Energy

उनले भने, ‘भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’ 

केआईआईटी विश्वविद्यालयमा बि टेक सिएससी तेस्रो सेमेस्टरमा अध्ययनरत २१ वर्षीय नेपाली छात्र प्रकृति लम्साल मृत भेटिएकी थिइन् । उनीमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुव्र्यवहार गर्ने गरेको खुलेको छ । उनको मृत्युपछि नेपाली विद्यार्थीहरुले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । विश्वविद्यालयले सूचना नै जारी गरी सबै नेपाली विद्यार्थीलाई बलजफ्ती कलेजबाट निकालेको छ । सयौँ नेपाली बिद्यार्थीहरु अहिले भातरको बिभिन्न रेलवेस्टेसनमा अलपत्र छन् । उक्त विश्वविद्यालयमा करिब १५ सय नेपाली विद्यार्थीहरु अध्ययनरत रहेको बताइएको छ । 

सम्बन्धित समाचार : 

उडिसा घटनाबारे सरकारले कुटनीतिक पहल गरिरहेको छः प्रधानमन्त्री


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

किशोर श्रेष्ठ मिलापत्रपछि रिहा, प्रेस काउन्सिल जाने सहमति

कलाकार हिमेश पन्तको निवेदनका आधारमा पक्राउ परेका जनआस्थाका अध्यक्ष किशोर श्रेष्ठ मिलापत्र कागज गरेपछि रिहा भएका छन् ।
नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नागरिकले विश्वास गर्ने राजनीतिक पार्टी बनाउँछु : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेसलाई नागरिकले विश्वास गर्ने, वैचारिक स्पष्टता भएको र सामाजिक आन्दोलनको नेतृत्व गर्न सक्ने भरोसायोग्य राजनीतिक पार्टीका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्...
सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

सैनिक मञ्च टुँडिखेलमा भव्य फूलपाती बढाइँ

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा शनिबार अपराह्न ‘फूलपाती बढाइँ समारोह–२०८३’ भव्य रूपमा सम्पन्न भएको छ ।