नेभिगेशन
सबै कुरा

उडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरणः सभामुखले बोल्न नदिएपछि मिडियामार्फत सुमनाको सरकारलाई ध्यानाकर्षण

काठमाडौँ । रास्वपा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनाको अनुसन्धानका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रतिनिधिसभाको सोमबारको बैठकको आकस्मिक समयमा बोल्ने समय नपाएपछि संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले उक्त घटनाको छानविनका लागि कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

Ncell
Extreme Energy

उनले प्रधानमन्त्री, परराष्ट्र र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउदै उक्त घटनाका बिषयमा बुझ्न पहल गर्नुपर्ने उल्लेख गरिन् । 

उक्त घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाटै निष्काशित गरिएको बिषयमा पनि विश्वविद्यालयसँग कुरा गर्नुपर्ने उनले बताइन् । तत्काल सदनमा राख्नुपर्ने बिषय राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै उहाले आक्रोश व्यक्त गरिन् । 

सांसद श्रेष्ठले सभामुखले संसदमा बोल्न खोज्दा पक्षपात गरेको समेत गुनासो गरिन् । 

संसद बैठक चलिरहेको बेला सांसद श्रेष्ठले सो विषयमा सरकारको ध्यानाकर्षण गराउनको लागि सभामुखसँग समय माग गरेकी थिइन् । तर सभामुखले समय दिन अस्वीकार गरेका थिए । लगत्तै उनले बैठकबाट बाहिर निस्केर सञ्चारमाध्यममार्फत सरकाकारको ध्याकर्षण गराएकी हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

बडीमालिकामा हेलिकोप्टरले पुर्‍याउँदैछ टेलिफोन

नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मङ्गलबार उक्त उपकरण तथा अन्य सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो ।
अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ: अर्थमन्त्री डा. वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय अभिलेखालयमा रहेका ऐतिहासिक सम्पत्तिको संरक्षण र प्रवर्धन गर्नुपर्ने बताएका छन् ।
बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

बेलगाम रास्वपा सांसद, संसद्‍मा हाजिर गरेर भत्ता पकाउँदै टाप

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु गैरजिम्मेवार बनेका छन् ।
आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

आज अन्तर्राष्ट्रिय युवा दिवस : विविध कार्यक्रमका साथ मनाइँदै

विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ ।