नेभिगेशन
सबै कुरा

आजको मौसम स् सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली

काठमाडौँ । हाल देशको पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सुदूरपश्चिम र  कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा आज बिहान जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Marvel
Extreme Energy

साथै बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने तराईका भू–भागका केही स्थानहरूमा हुस्सु÷कुहिरो लागेको छ । बुलेटिनमा आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने उल्लेखछ । 


 उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिमा उल्लेख  छ । 


साथै आज बिहानीपख तराईका थोरै भू–भागहरुमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

–––

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालको पर्यटन विश्वमाझ पुर्‍याउन ‘टिकटक’सँग पर्यटन बोर्डले गरेको सहकार्य

नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा सात देशका पर्यटनसम्बन्धी सामग्री निर्माता (ट्राभल कन्टेन्ट क्रिएटर) नेपाल आएका छन्।
प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै एमालेद्वारा पत्रकारसँग ऐक्यबद्धता

नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरिएको र समाचार स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ ।
नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

नगरपालिकाको भवन निर्माण गर्दा खसेको पहिरोले सात घर जोखिममा

कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले स्थानीयका घर जोखिममा परेका छन् । पहिरोका कारण मान्म बजारको मुख्य सडकसमेत भासिएको छ ।
भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ मा ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन् ।