नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभाले गरायो प्रकृति लम्सालको मृत्युबारे छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाले भारतको ओडिसास्थित एक कलेजमा प्रकृति लम्सालको मृत्युबारे छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरुले प्रकृति लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरे ।

Ncell
Extreme Energy

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले छानविनको माग गर्दा कलेजबाटै निकालेको भन्दै कुटनीतिक पहलमार्फत छानविन गर्न माग गरे । 

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरकफरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको बताए । उक्त घटनाको छानविनका लागि तत्काल पहल गर्न उनले माग गरे । 

त्यस्तै अन्य सदस्यहरुले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

उक्त प्रस्तावमाथिको  सामान्य छलफलमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले आगामी आर्थिक वर्षको बजेटमा मौजुदा आर्थिक सामथ्र्यका आधारमा ऋण लिने व्यवस्था गरिएको बताए । उनले अर्थतन्त्रको...
देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

देवानी कानुन संशोधन गर्दै सरकार, कानुन मन्त्रालयले माग्यो जनतासँग सुझाव

सरकारले देवानी कानुन संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।
प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

प्रधानमन्त्रीले पासपोर्ट घोटालाको अनुसन्धान अघि बढाउँदा कांग्रेस, एमाले र नेकपाको आपत्ति

विद्युतीय राहदानी छपाइमा भएको घोटालाको छानबिन अगाडि बढाउन प्रधानमन्त्री बालेन्द्र शाहले लिएको पहलकदमीमा विपक्षी दलहरुले आपत्ति जनाएका छन् ।