नेभिगेशन
सबै कुरा

राष्ट्रिय सभाले गरायो प्रकृति लम्सालको मृत्युबारे छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाले भारतको ओडिसास्थित एक कलेजमा प्रकृति लम्सालको मृत्युबारे छानबिनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएको छ । 

मंगलबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरुले प्रकृति लम्सालको मृत्यु घटनामा सरकारको ध्यानाकर्षण गराएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त घटनामा सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै छानबिनका कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले उक्त घटनामा सत्यतथ्य छानबिन गरी यथार्थ अवस्था पहिचान गरी निज छात्रालाई उचित न्याय प्रदान गर्न यथाशीघ्र गम्भीर रुपमा कूटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । साथै उक्त कलेजमा अध्ययनरत नेपाली विद्यार्थी सुरक्षित वातावरणमा नीर्भिकताका साथ अध्ययन गर्ने वातावरण बनाउन पनि सरकारलाई उनले आग्रह गरे ।

त्यसअघि बैठकमा राष्ट्रियसभा सदस्य राधेश्याम पासवानले प्रकृति लम्सालको रहस्यमय मृत्यु भएपछि नेपाली विद्यार्थीहरुले छानविनको माग गर्दा कलेजबाटै निकालेको भन्दै कुटनीतिक पहलमार्फत छानविन गर्न माग गरे । 

त्यस्तै राष्ट्रियसभा सदस्य कृष्ण बहादुर रोकायाले प्रकृति लम्सालको मृत्युका बारेमा फरकफरक धारणा बाहिर आएको भन्दै यस घटनामा कलेजले ट्वीस्ट गर्न खोजेको बताए । उक्त घटनाको छानविनका लागि तत्काल पहल गर्न उनले माग गरे । 

त्यस्तै अन्य सदस्यहरुले नेपाली विद्यार्थीमाथि भएको दमन रोक्दै आगामी दिनमा यस्ता घटना घट्न नदिन तत्काल कुटनीतिक पहल गर्न आग्रह गरेका थिए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...