नेभिगेशन
सबै कुरा

भारतीय प्रहरीले भन्यो ‘किट विश्वविद्यालय प्रकरणमा ५ जनालाई पक्राउ गरेर अनुसन्धान हुँदैछ’

काठमाडौँ । भारतको उडिसास्थित किट विश्व विद्यालयमा भएको घटनामा ५ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको भारतीय प्रहरी अधिकारीहरूले जनाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतको भुवनेश्वर प्रहरी विभागद्वारा भर्खरै जारी गरिएको प्रेस वक्तव्यमा यस्तो जानकारी दिइएको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । 

Ncell
Extreme Energy

प्रेस वक्तव्यअनुसार प्रकृति लम्सालको मृत्युमा अनुसन्धान गर्न सोही विश्वविद्यालयका उड्वेक श्रीवास्तव नामक विद्यार्थीलाई पक्राउ गरेर न्यायिक हिरासतमा राखिएको छ ।  

यस्तै, नेपाली विद्यार्थीमाथि हातपातमा संलग्न भएको आरोपमा विश्वविद्यालयका ४ जना सुरक्षाकर्मीलाई सोमबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रहरीकाअनुसार पक्राउ पर्नेमा रमाकान्त नायक, रबिन्द्र नायक, जोगेन्द्र बेहेरा र बेंगुली बेहेरा रहेका छन् । उनीहरूमथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

दसैँ–तिहारमा चेलीलाई माइती पुर्‍याउन यी युवाले चलाएका छन् निःशुल्क यातायात

खोटाङमा क्रियाशील युवाको एक समूहले कमजोर आर्थिक अवस्था वा यातायातको अभावका कारण दसैँ–तिहारमा माइतीघर जान नपाएका चेलीलाई लक्षित गरी निःशुल्क यातायात सेवा सञ्चालन गर्ने भएको छ।
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

पूर्वप्रधानमन्त्री झलनाथ खनाल मुटुसम्बन्धी समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा पनि विशेषज्ञ चिकित्सकसहितको उपचार सेवा सञ्चालन गर्ने भएको छ।
देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा सवारी दुर्घटना, नौ जनाको मृत्यु

देशका विभिन्न स्थानमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ।